आशिकाको प्रशंसा गर्दै शान्तिश्रीद्वारा आन्दोलनका घाइतेहरूका लागि आर्थिक सहयोग
काठमाडौँ । गायिका शान्तिश्री परियारले जेनजी आन्दोलनका घाइतेहरूको उपचार र राहतमा लागिरहेकी आशिका तामाङमार्फत सहयोग उपलब्ध गराएकी छिन्।
परियारले सामाजिक सञ्जालमार्फत ५० हजार रुपैयाँ सहयोग गरेको जानकारी दिँदै तामाङको अहोरात्रको मानवीय सेवाप्रति प्रशंसा गरेकी छन्। उनले घाइते र पीडित परिवारलाई अस्पतालदेखि घर–घरमा पुगेर लुगा, खाना, उपचार र हौसला पुर्याउँदै आएकी तामाङको कार्यले आफू प्रभावित भएको उल्लेख गरेकी छिन्।
‘हजुरले सुरु गर्नुभएको पवित्र कर्ममा सानो अंश मिसाउन मन लाग्यो,’ भन्दै परियारले आफ्नो सहयोग तामाङमार्फत घाइते र पीडितसम्म पुर्याइदिन आग्रह गरेकी छन्।
उनले आन्दोलनमा आम जनताले भोग्नुपरेको पीडा देख्दा आफू असहाय महसुस भएको र सहयोगले थोरै भए पनि मन हलुका बनाउन पाएको भाव व्यक्त गरेकी छिन्। शान्तिश्री परियारले तामाङको निरन्तर खटाइ र मानवीय सेवाभावलाई ‘ठूलो सम्मान र प्रेरणादायी’ भनेर प्रशंसा गरेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण