बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लोकतन्त्रको बल संवादमा हुन्छ, ध्वंसमा हुँदैन: मुख्यमन्त्री पाण्डे

शुक्रबार, ०३ असोज २०८२, ०८ : १५
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र नागरिकको शान्तिपूर्ण सहभागिता र संवादमा निर्भर रहने बताए।
  • उनले ध्वंस, हत्या, आगजनी र लुटपाटबाट लोकतन्त्र प्राप्त नहुने र संवादबाट समस्या समाधान हुनुपर्ने कुरामा जोड दिए।
  • मुख्यमन्त्री पाण्डेले संविधान दिवसको शुभकामना दिँदै संविधानको मर्मअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्रको बल नागरिकको शान्तिपूर्ण सहभागिता र संवादमा हुने बताएका छन् । संविधान दिवसको शुभकामना दिँदै उनले शान्तिपूर्ण सहभागिता, संवाद र सहमतिमा लोकतन्त्र अडिने भन्दै ध्वंस, हत्या, आगजनी र लुटपाटमा लोकतन्त्र खोज्न नसकिने बताए ।

‘हालैका केही राजनीतिक घटनाक्रम र जनआवाजले स्मरण गराएको छ कि लोकतन्त्रको बल नागरिकको शान्तिपूर्ण सहभागिता, संवाद र सहमतिमा निहित हुन्छ । ध्वंस, हत्या, आगजनी र लुटपाटबाट हुन सक्दैन,’ उनले भने, ‘हरेक समस्या समाधानको बाटो संवाद, सहमति र संवैधानिक प्रक्रिया मार्फत नै खोजिनुपर्छ भन्ने हाम्रो दृढ विश्वास हो । यसमा हामी सबै जिम्मेवार बन्न आवश्यक छ ।’

नेपालको संविधान नै लोकतान्त्रिक गणतन्त्रको आधारशिला भएको उनले बताए । ‘निकै ठुलो सङ्घर्ष, त्याग र बलिदानको जगमा निर्माण भएको नेपालको संविधान नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधारशिला हो,’ अघि भने, ‘जसले समान अधिकार, सामाजिक न्याय र समावेशी राज्यको परिकल्पना गरेको छ ।’

उनले संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् । संविधान कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारहरूबिच निरन्तर सहकार्यको आवश्यकता रहेको पाण्डेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप