१० बजे १० समाचार : अल्पमतमा गगन र विश्वप्रकाश, मिल्यो ओली–प्रचण्डको बोली
आज २०८२ असोज ३ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- संविधान दिवस
संविधान तथा राष्ट्रिय दिवस, २०८२ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
- आन्दोलनको असर
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको सन्धिखर्क – १ हटारिमास्थित घरमा आन्दोलनकारीहरूले भदौ २४ गते आगजनी र तोडफोड गरे । श्रीमती दीपा आचार्यले लामो समय शिक्षक पेसामा रहेर बनाएको उक्त घर आन्दोलनकारीले क्षणभरमै ध्वस्त पारे । केही दिन आफन्तकहाँ बसेपछि दीपा अहिले मुख्यमन्त्री निवास दाङ देउखुरी पुगेकी छन् ।
- कता अलमलियो सरकार ?
भदौ २३ जेनजी पुस्ताले काठमाडौँकेन्द्रित प्रदर्शन गर्यो । स्कुल ड्रेसमै आन्दोलनमा सहभागी भए युवापुस्ता । भ्रष्टाचार, नेताहरूको अपारदर्शी जीवनशैली, उनीहरूका छोराछोरीको अस्वाभाविक क्रियाकलाप लगायतविरुद्ध स्वःस्फूर्त रूपमा निस्किएको सडक प्रदर्शनलाई राज्यले दमन गर्यो ।
- अल्पमतमा गगन र विश्वप्रकाश
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीको सन्धिखर्क – १ हटारिमास्थित घरमा आन्दोलनकारीहरूले भदौ २४ गते आगजनी र तोडफोड गरे । श्रीमती दीपा आचार्यले लामो समय शिक्षक पेसामा रहेर बनाएको उक्त घर आन्दोलनकारीले क्षणभरमै ध्वस्त पारे । केही दिन आफन्तकहाँ बसेपछि दीपा अहिले मुख्यमन्त्री निवास दाङ देउखुरी पुगेकी छन् ।
- मिल्यो ओली–प्रचण्डको बोली
जेनजी आन्दोलनका क्रममा पर्दा पछाडि भएका घुसपैठ, षडयन्त्र, हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटबारे रहस्य खुल्दै जाने सङ्केत देखिएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका तमाम घटना र षडयन्त्रबारे तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बोली लगभग मिल्दोजुल्दो देखिएको छ ।
- जेनजी आन्दोलन
गत भदौ २३ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनका क्रममा इटहरीमा प्रहरीको गोली लागेर १९ वर्षीय सन्तानु ढकाल गम्भीर घाइते भए ।
भक्तपुरमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ४२ वर्षीय साजन राईको मृत्यु भयो । दुई वर्षअघि श्रीमती गुमाएर एकल अभिभावकको बनेर दुई छोराको स्याहारसुसार गर्दै आएका साजनको मृत्युले उनका ६ र १२ वर्षीय छोराहरू पूर्ण रूपमा टुहुरा बनेका छन् ।
- संविधानका कुरा
आज असोज ३ अर्थात् संविधान दिवस । संविधान सभाबाट संविधान जारी भएको १० वर्ष बितेको छ । नेपालमा २००४ सालदेखि संवैधानिक विकासक्रम सुरु भएको हो । त्यसयता २०७२ सालसम्म आउँदा मुलुकले सात वटा संविधान पाइसकेको छ । पछिल्लो संविधान बनेको एक दशक पूरा नहुँदै गम्भीर सङ्कटमा पुगेको छ ।
संविधान संशोधनको विषयमा विभिन्न पार्टीहरुले कुरा उठाइरहेका थिए । साविक प्रतिनिधिसभाका पहिलो र दोस्रो ठुला दल कांग्रेस र एमालेले सत्ता सहकार्यको सहमतिमा संविधान संशोधनलाई नै मुख्य बुँदाको रुपमा राखेका थिए । तर उनीहरुले यसलाई कागजमा मात्रै सीमित राखे, कुनै प्रक्रिया नै अगाडि बढेन ।
- नकारात्मक सन्देश
राजनीतिक अस्थिरता र स्थिर आर्थिक नीति नहुँदा नेपालमा वैदेशिक लगानी निराशाजनक अवस्थामा रहेको छ । नेपालमा हरेक वर्ष प्रतिबद्धताको एक तिहाइ पनि प्रत्यक्ष वैदेशिक लगानी आउन सकेको छैन । सरकारसँग हरेक वर्ष विभिन्न मुलुकले लगानीका लागि स्वीकृति लिए पनि दुई तिहाइ भन्दा बढी रकम नभित्रिएको हो ।
- लुटे हतियार
जेनजी प्रदर्शनको क्रममा ठुलो सङ्ख्यामा हतियार लुटपाट भएको भेटिएको छ । प्रदर्शन नियन्त्रण बाहिर गएपछि उच्छृङ्खल समूहले भदौ २४ मा देशभरबाट हतियार लुटपाट गरेका हुन् ।
- तीन दल एकमत
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न बनेको ‘नेपालको संविधान, २०७२’ जारी भएको १० वर्ष पूरा भएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा जेनजी पुस्ताले गरेको विद्रोहले यतिबेला संविधानको भविष्यमाथि नै अनेकौँ प्रश्न उठेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण