बेनी–दरवाङ सडक दुई दिनपछि सञ्चालन
शुक्रबार, ०३ असोज २०८२, २१ : २७
सारांश
- म्याग्दीको बेनी-दरवाङ सडक दुई दिनपछि सञ्चालनमा आएको छ।
- लाम्पाटामा खसेको पहिरो पन्छाएपछि मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकामसँग जोड्ने सडक खुलेको हो।
- सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको थियो भने विकास आयोजना प्रभावित भएका थिए।
म्याग्दी । यहाँको तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक दुई दिनपछि आज साँझदेखि सञ्चालन भएको छ ।
बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडक म्याग्दीको पश्चिमी क्षेत्रको ‘लाइफ लाइन’ मानिन्छ । मङ्गला गाउँपालिका–२ लाम्पाटामा गत बुधबार राति खसेको पहिरो पन्छाएपछि सञ्चालन भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख बिष्णु पौडेलले डोजर परिचालन गरेर सडकमा थुप्रिएको पहिरो पन्छाएको बताए । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने यो सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत, ढुवानी र निकासीमा समस्या भएको थियो ।
पटकपटक सडक अवरुद्ध हुँदा निर्माणाधीन जलविद्युत्, प्रसारण लाइन, सबस्टेशन, सडक, भवनलगायत विकास आयोजना प्रभावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
-
भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन
-
गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति
-
एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, मोबाइल हल्लाएर सरप्राइज उपहार जित्न सकिने
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा ७७ संशोधन दर्ता
-
कुतियाकवरबासी : डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण