देशभरका १७ सडक अवरुद्ध
शनिबार, ०४ असोज २०८२, ०७ : ०८
सारांश
- देशभरका विभिन्न १७ सडक वर्षा र पहिरोका कारण अवरुद्ध छन्।
- रसुवा, हुम्ला, संखुवासभा लगायतका स्थानमा सडक अवरुद्ध छन्।
- लगातारको वर्षाले गर्दा सडक खण्डहरू बन्द भएका छन्।
काठमाडौँ । देशभरका विभिन्न १७ सडक अवरुद्ध छन् । वर्षा र तत्पश्चात् आएको पहिरोका कारण यातायात अवरुद्ध भएको हो ।
रसुवाको गल्छी–त्रिशूली–मेलुङ्ग–स्याप्रुबेंशी–रसुवागढी सडक खण्ड अवरुद्ध छ । यता हुम्लाको कर्णाली कोरिडोरको खुलालु–सल्लीसल्ला सडक खण्ड पनि पहिरोको कारण अवरुद्ध छ ।
संखुवासभामाको कोशी सडक आयोजनाको लेगुवाघाट–तुम्लिङ्गटार–खाँदबारी खण्ड पनि अवरुद्ध रहेको छ । ताप्लेजुङको मेलघाट दोभान सडक खण्ड, रुकुम पश्चिमको भेरी करिडोर, रोल्पाको सहिद मार्ग सडक आयोजनामा निरन्तरको वर्षा र पहिरोका कारण सडक बन्द भएको छ।
सुर्खेत, सङ्खुवासभा, सिन्धुपाल्चोक,म्याग्दी, बैतडी, अर्घाखाँची, ओखलढुङ्गा, चितवनका विभिन्न सडक खण्ड पहिरोको कारण अवरुद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण