बिग्रिएको व्यवस्था भत्काउँदै भ्रष्ट नेतालाई नहटाएसम्म मुलुक बन्दैन : प्रभु साह
सारांश
- आजपा अध्यक्ष प्रभु साहले प्रदेश र स्थानीय सरकार खारेज गरी भ्रष्ट प्रशासनमाथि कडा कदम चाल्नुपर्ने आवाज उठाए।
- उनले वर्तमान प्रणाली असफल भएको बताउँदै भ्रष्टाचार, कुशासन र अनियमितता रोक्न आवश्यक रहेको जनाए।
- साहले जेन-जी पुस्ताको आन्दोलनलाई अपहरण गरिएको र युवाहरूको भावनामाथि धोका दिने प्रयास भइरहेको आरोप लगाए।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रदेश र स्थानीय सरकार पनि खारेज गरी 'भ्रष्ट' प्रशासनमाथि कडा कदम चाल्नुपर्ने आवाज उठाएका छन्।
शनिबार काठमाडौंमा सुरु भएको आजपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै साहले हालको प्रणाली भ्रष्ट र असफल भएको बताउँदै त्यसलाई नबदली मुलुक नबन्ने बताए। सरकारमात्रै भ्रष्ट भएकाले त्यस्ता सरकारलाई खारेज गरेर संघीयता भने अझै बलियो बनाइनुपर्ने उनको भनाइ थियो । यस्तै उनले बिग्रिएको व्यवस्था भत्काउँदै भ्रष्ट नेतालाई नहटाएसम्म मुलुक नबन्ने समेत तर्क गरे ।
साहले देशमा मौलाएको भ्रष्टाचार, कुशासन, अनियमितता र लुटपाट रोक्न आवश्यक रहेको बताउँदै उनले दुई वर्षअघि आजपाले तेस्रो जनआन्दोलनको घोषणा गरेको स्मरण गरे । उनले अहिले जेन–जी पुस्ताले जनविद्रोह गर्नु सकारात्मक भएको बताए ।
'मुलुकमा भ्रष्टाचार, कुशासन र दलहरुको लुटकारी प्रवृत्तिका कारण राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र धरासायी भइरहेका छन्,' साहले भने, 'त्यसैले संविधान र व्यवस्था गलत भएकाले जनताको अवस्था खराब भएको स्वीकार गर्नुपर्दछ र आवश्यक परे संविधान खारेज गरेर समेत जेनजीको माग सम्बोधन गर्नुपर्छ।'
साहले संसद, सर्वोच्च अदालत र सिंहदरबारजस्ता संस्थाहरूमा षड्यन्त्रपूर्ण आक्रमण भएको आरोप लगाउँदै उच्चस्तरीय छानबिनको माग गरे। उनले जेनजी आन्दोलनलाई अपहरण गरिएको र युवाहरुको भावनालाई धोका दिने प्रयास भइरहेको समेत बताए।
त्यसैगरी साहले परराष्ट्र र रक्षा मन्त्रालयको नेतृत्वविहीनतालाई पनि प्रश्न उठाउँदै सुरक्षा निकाय र तिनका नेतृत्वहरूको भूमिकाको समिक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण