घरेलु मैदानमा एभर्टनमाथि लिभरपुलको साँघुरो जित
शनिबार, ०४ असोज २०८२, १९ : १६
काठमाडौँ । लिभरपुलले प्रिमियर लिग फुटबलमा एभर्टनमाथि साँघुरो जित निकालेको छ ।
शनिबार साँझ सकिएको खेलमा लिभरपुलले घरेलु मैदानमा एभर्टनलाई २–१ गोल अन्तरले हराएको हो । लिभरपुललाई जित दिलाउन रायन ग्राभेनदेर्च र ह्युगो एक्टिकेले गोल गरे ।
यता एभर्टनका लागि इड्रिसा युएले एक गोल फर्काए ।
लिभरपुलका लागि खेलको दशौँ मिनेटमा रायनले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको २९औँ मिनेटमा हुगोले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । ५८औँ मिनेटमा इड्रिसाले गोल एभर्टनका लागि ५८औँ मिनेटमा गोल गरे पनि लिभरपुलले २–१ गोलको जित दिलाएका हुन् ।
जितसँगै लिभरपुलले ५ खेलबाट १५ अंक जोडेको छ । लिभरपुल शीर्ष स्थानमा छ । पराजित एभर्टन ७ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण