बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आत्मघाती गोल उपहार पाउँदा हारबाट जोगियो टोटनहम

शनिबार, ०४ असोज २०८२, २१ : ५४
शनिबार, ०४ असोज २०८२

काठमाडौँ । आत्मघाती गोल उपहार पाउँदा टोटनहम हट्सपर प्रिमियर लिगमा हारबाट जोगिएको छ । 

शनिबार राति भएको खेलमा टोटनहमले ब्राइटनसँग २–२ गोलको बराबरी खेलेको हो । 

घरेलु मैदानमा भएको खेलमा ब्राइटनले खेलको ८१औँ मिनेटसम्म अग्रता बनाएको समयमा टोटेनहमले ८२औँ मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो । 

ब्राइटनका जन पउल भानले आफ्नै पोस्टमा गोल गरे । त्यसअघि खेलको आठौं मिनेटमा ब्राइटनका एन्कुबा मिन्टेजले गोल  गर्दै टिमलाई अग्रता दिलाएका थिए । 

खेलको ३१औँ मिनेटमा एसिन अयारीलले गोल गर्दा ब्राइटनले आफ्नो अग्रता दोब्बर बनायो । टोटेनहमले खेलको ४३औँ मिनेटमा गोल फर्कायो । टोटनहमका रिचर्डलिसनले खेलको ८२औँ मिनेटमा गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा ल्याए । ८२औँ मिनेटमा आत्मघाती गोल उपहार पाएर २–२ गेलको बराबरी गरेको टोटनहम ५ खेलबाट १० अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । 

यता ब्राइटन ५ अंक जोडेर तालिकाको १३औँ स्थानमा छ । शुक्रबार नै भएको अर्को खेलमा क्रिस्टल प्यालेसले वेस्टहमलाई २–१ गोल अन्तरले हराएको छ । 

त्यस्तै बर्नली र नटिङ्घम फरेस्टले १–१ को बराबरी खेलेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप