बैतडीमा फरार कैदीमध्ये दुई जना मात्रै नियन्त्रण बाहिर
सारांश
- बैतडी कारागारबाट भागेका ६२ कैदीबन्दीमध्ये ६० जनालाई नियन्त्रणमा लिइएको छ।
- भदौ २४ गते राति कारागारमा तोडफोड र आगजनी गरी कैदीबन्दी भागेका थिए।
- फरार दुई जनाको खोजी कार्य जारी छ र बन्दी गृह व्यवस्थापनको काम भइरहेको छ।
बैतडी । जेनजी पुस्ताको प्रदर्शनका क्रममा बैतडी कारागारबाट भागेका ६२ कैदीबन्दी तथा थुनुवामध्ये दुई जना मात्रै नियन्त्रण बाहिर रहेका छन् । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार फरारमध्ये हालसम्म ६० जना कारागार फर्किसकेका छन् ।
गत भदौ २४ गते राति कारागारमा तोडफोड र आगजनी गरेर ६२ जना कैदीबन्दी तथा थुनुवा भागेका थिए । उनले भने, “फरार रहेका कैदीबन्दीलाई विभिन्न स्थानबाट पक्राउ गरेर कारागारमा ल्याइएको छ । केही आफैँ सम्पर्कमा आएर कारागार फर्किएका हुन् भने चार जनालाई भारतबाट पक्राउ गरी ल्याएका हौँ ।”
फरार रहेका दुई जनाको प्रहरीमार्फत खोजी कार्य जारी रहेको जिल्ला कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताए । उनका अनुसार संयुक्त सुरक्षा टोली परिचालन गरेर फरार कैदीलाई खोज्ने कार्य भइरहेको हो ।
जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरिएको बन्दी गृहलाई व्यवस्थापन गर्ने कार्य भइरहेको कारागार कार्यालयले जनाएको छ । पच्चीस जना बस्ने क्षमता रहेको बन्दी गृहमा क्षमताभन्दा करिब तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भइरहेको प्रमुख भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण