बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अफगानिस्तानलाई ट्रम्पको धम्की

आइतबार, ०५ असोज २०८२, ०८ : ४०
आइतबार, ०५ असोज २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई बगराम एयरबेस फिर्ता नगरे गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएका छन्।
  • ट्रम्पले ट्रुथ सोसलमा अफगानिस्तानलाई धम्की दिँदै बगराम एयरबेस फिर्ता नगरे नराम्रो हुने बताएका छन्।
  • यसअघि पनि ट्रम्पले बगराम एयरबेस पुनः कब्जा गर्ने इच्छा व्यक्त गरेका थिए।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई धम्की दिएका छन् । अफगानिस्तानले बगराम एयरबेस अमेरिकालाई हस्तान्तरण नगरेमा गम्भीर परिणाम भोग्नु पर्ने धम्की ट्रम्पले दिएका हुन् ।

‘अफगानिस्तानले बगराम एयरबेस यसको निर्माता, अमेरिकालाई फिर्ता गरेन भने, यो धेरै नराम्रो हुनेछ ।’ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् । ट्रम्पले यस अघि पनि बगराम एयरबेस पुनः कब्जा गर्ने इच्छा व्यक्त गरिसकेका छन्। 

आफ्नो सरकारले अफगानिस्तानमा बगराम एयरबेस पुनः प्राप्त गर्न खोजिरहेको हालै बेलायतको भ्रमणको क्रममा ट्रम्पले भनेका थिए । ‘इतिहासले देखाएको छ कि हाम्रो भूमिमा विदेशी सेनालाई कहिल्यै स्वीकार गरिएको छैन’ उनको भनाइमा प्रतिक्रिया दिँदै तालिबानले भनेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप