सभापति देउवा चाँडै स्वास्थ्यलाभ गरेर सार्वजनिक हुनुहुन्छ : प्रकाशशरण महत
सारांश
- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेनजी आन्दोलनमा गोली चलाउनुलाई अस्वाभाविक बताए।
- उनले २३ र २४ गतेको घटनाको छानबिन हुनुपर्ने र केपी ओलीको शैली चित्त बुझ्दो नभएको बताए।
- महतले शेरबहादुर देउवाको स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनको बाटो तय गर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते आन्दोलनकारीलाई ताकिताकी हानिएको गोली अस्वाभाविक भएको बताएका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै महतले २३ र २४ गतेको घटनाको सघन छानबिन हुनुपर्ने भन्दै २३ गते ताकिताकी गोली हान्नु अस्वाभाविक रहेको बताएका हुन् । उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीको सोच र शैली चित्त बुझ्दो नभएको भन्दै बाध्यात्मक परिस्थितिमा संयुक्त सरकारमा बस्नुपरेको समेत बताए । सरकारमा रहँदा सरकारलाई ठिक बाटोमा जान कांग्रेसले दबाब दिन नसकेको भन्दै त्यसलाई स्वीकार गरिसकेको बताए ।
‘पहिलो दिन २३ गते नै ताकिताकी गोली प्रहार भएको छ त्यो पनि अस्वाभाविक देखिन्छ’,महतले भने, ‘नकाबधारी पनि आएको भनिएको छ । कुन खाले प्रवृत्ति त्यसमा सामेल थिए । लोकतन्त्र विरोधी । जनविरोधी, कोको थिए स्पष्ट छानबिन हुनुपर्छ ।’
उनले सभापति शेरबहादुर देउवा दम्पती स्वास्थ्य लाभ गरिरहेको भन्दै चाँडै स्वास्थ्यलाभ गरेर सार्वजनिक हुने र कांग्रेसले आगामी दिनमा लिनेबाटो तय गर्ने बताए ।
‘चाँडै स्वास्थ्यलाभ गरेर सार्वजनिक हुनुहुन्छ’, उनले भने, ‘त्यसपछि सामूहिक र संस्थागतरुपमा छलफल गरेर आगामी बाटो तय गर्छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण