हनुमानघाटमा स्रोहश्राद्ध गर्नेको घुइँचो
सारांश
- भक्तपुरको हनुमानघाटमा सोह्रश्राद्ध गर्नेको घुइँचो लागेको छ, जहाँ दिवङ्गत आफन्तको नाममा पिण्डदान गरिन्छ।
- पितृपक्षमा हनुमानघाट र अन्य नदी किनारमा पिण्डदान गर्नाले दिवङ्गत आत्माले मोक्ष प्राप्त गर्ने धार्मिक विश्वास छ।
- नेवार समुदायमा सोह्रश्राद्धको विशेष महत्व छ, र यसले शुभ कार्यको थालनीमा मद्दत गर्छ।
भक्तपुर । भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा आज स्रोहश्राद्ध गर्नेको घुइँचो लागेको छ । आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म दिवङ्गत भएका आफन्तको नाममा पिण्डदान गरिएसँगै श्राद्धको आज अन्तिम पितृपक्षका दिन पिण्डदान गर्नेको घुइँचो लागेको हो ।
हनुमानघाट क्षेत्रमा पितृको सम्झनामा पिण्डदान गरेमा दिवङ्गतको आत्माले मोक्ष प्राप्ति गर्ने धार्मिक विश्वाससहित भक्तपुरका साथै आसपासका नागरिक हनुमानघाट क्षेत्रमा स्रोह्रश्राद्ध गर्न आउने गरेका पुरोहित धनेशराज राजोपाध्ययले जानकारी दिए ।
उनले भने, ‘पितृपक्षमा गरिने स्रोह्रश्राद्धमा हनुमानघाट क्षेत्रका साथै हनुमन्ते नदीसहित मुलुकभरका विभिन्न नदी तथा घाटमा गएर पिण्डदान गरी सेलाउने गरिन्छ । यसो गर्नाले आफ्नो पूर्वज दिवङ्गतले मात्र नभएर दुरदराजका आफन्त र छरछिमेकका दिवङ्गत आत्मालाई पनि मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।’
पुरोहित राजोपाध्ययका अनुसार नेवार समुदायमा सोह्रश्राद्ध गर्नुको छुट्टै महत्त्व छ । यो श्राद्ध नगरे कुलदेवताको पूजा गरी भोजन गर्नु हुँदैन भन्ने धार्मिक मान्यता नेवार समुदायमा रहेको उनले बताए । वर्ष दिनमा गरिने कुनै पनि शुभकार्यको थालनीका लागि पनि यो श्राद्ध गरिन्छ ।
त्रिवेणी घाटका रूपमा हनुमानघाटलाई लिने गरिन्छ । आजको दिन यहाँ स्नान गरी स्रोह्रश्राद्ध गर्नाले पाप नष्ट हुनुका साथै दिवङ्गतले सजिलै वैकुण्ठ बास पाउँछ भन्ने धार्मिक विश्वास रहेको पुरोहित राजोपाध्ययले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण