सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

अरनिको राजमार्ग साँझसम्ममा सञ्चालनमा आउने

आइतबार, ०५ असोज २०८२, १६ : ००
आइतबार, ०५ असोज २०८२

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी (इको पहिरो) खण्डमा पहिरोका कारण अवरुद्ध सडक आज बेलुकासम्म खुल्ने भएको छ।

सडक डिभिजन चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनले दिएको जानकारी अनुसार सडक मर्मत कार्य अन्तिम चरणमा पुगेको छ।

इन्जिनियर महर्जनका अनुसार, पहिरोका कारण पाँच स्थानमा सडक अवरुद्ध भएकोमा चार स्थानको मर्मत कार्य सम्पन्न भइसकेको छ। अब कोदारी (इको पहिरो) को एक स्थान मात्र मर्मत गर्न बाँकी रहेको छ। 'सकेसम्म आज नै हामीले गाडीहरू गुडाउने भन्ने योजना बनाएकाे छाैँ, नभए भोलि त गाडी गुड्छ,’ महर्जनले भने।

पछिल्लो ३–४ दिनदेखि मर्मत कार्य भइरहेको र अहिले अन्तिम चरणमा पुगेको उनले बताए। हाल सडकको फिनिसिङको काम भइरहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप