१० बजे १० समाचार : ‘आन्दोलनबारे अनुसन्धान गर्न आयोग गठन’ देखि ‘ओली र लेखकलाई कारबाहीको माग’ सम्म
सारांश
- सरकारले जेनजी आन्दोलनबारे अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ।
- सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।
- प्रचण्डले पार्टी पुनर्गठनसहितका ४ प्रस्ताव अघि सारेका छन् भने कांग्रेसका ३६ नेताको घर जेनजी आन्दोलनमा जलेको छ।
आज २०८२ असोज ५ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा जेनजी आन्दोलनबारे अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन, हितेन्द्रदेवलाई हटाएर मनोजलाई प्राधिकरणको जिम्मेवारी, प्रचण्डले अघि सारे पार्टी पुनर्गठनसहितका ४ प्रस्ताव, जेनजी आन्दोलनः कांग्रेसका ३६ नेताको घर जल्यो, पुस्तान्तरणमा दलहरूको अलमल, मन्त्रिपरिषद् विस्तार, गुप्तचर प्रमुखमा कार्की लगायत छन् ।
१. जेनजी आन्दोलनबारे अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन
सरकारले जेनजी आन्दोलनबारे अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषदको बैठकले पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको हो ।
२. हितेन्द्रदेवलाई हटाएर मनोजलाई प्राधिकरणको जिम्मेवारी
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जिम्मेवारीबाट हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
३. प्रचण्डले अघि सारे पार्टी पुनर्गठनसहितका ४ प्रस्ताव
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्गठनसहितका ४ प्रस्ताव अघि सारेका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले उनले आफ्नो प्रस्ताव राखेका हुन् ।
४. जेनजी आन्दोलनः कांग्रेसका ३६ नेताको घर जल्यो
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ३६ केन्द्रीय नेताको घर आन्दोलनकारीले जलाइदिएका छन् । कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार क्षतिको तथ्याङ्क सार्वजनिक गरेका हुन् ।
५. पुस्तान्तरणमा दलहरूको अलमल
प्रमुख राजनीतिक दलहरू नेतृत्व पुस्तान्तरण वा परिवर्तनको सवालमा अझै अलमल गरिरहेका देखिन्छन् । जेनजी आन्दोलनले मुलुकमा उथलपुथल ल्याए पनि दलहरू पूर्ववत् अवस्थामै अगाडि बढ्ने तयारीमा देखिन्छन् ।
६. मन्त्रिपरिषद् विस्तार
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गरेकी छन् । आइतबार पाँच जना मन्त्री नियुक्त भएका हुन् । योसँगै मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।
७. गुप्तचर प्रमुखमा कार्की
राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो ।
८. कारागारबाट फरार कैदीले गरे पत्नीको हत्या
नक्खु कारागारबाट भागेका एक कैदीले पत्नीको हत्या गरेका छन् । जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते भागेर पनौती नगरापलिका–१२ कलाँतीस्थित घर आइपुगेका सन्तबहादुर तामाङले पत्नीको हत्या गरेका त्यहाँका वडाध्यक्ष जयराम केसीले बताए ।
९. प्रधानमन्त्रीका रूपमा कार्कीको १० दिन, के–के भयो काम ?
जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार बिस्थापित भएसँगै प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले कार्यभार सम्हालेको १० दिन बितेको छ । यो बिचमा सरकारले के–के गर्यो भन्नेबारे रातोपाटीले विवरण तयार पारेको छ ।
१०. ओली र लेखकलाई कारबाही गर्न माग
मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ । जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गरी जिम्मेवार नेताहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने समाजको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण