आन्दोलनबाट भएको भौतिक क्षति आकलन गर्न प्राविधिक समिति गठन
सारांश
- राष्ट्रिय विपद् प्राधिकरणले भदौ २३ र २४ गतेको क्षतिको आकलन गर्न प्राविधिक समिति गठन गरेको छ।
- समितिले क्षतिग्रस्त संरचनाको प्राविधिक परीक्षण गरी सुरक्षित भएपछि मात्र प्रयोग गर्न अनुरोध गरेको छ।
- बैठकमा गृह, अर्थ, र योजना आयोगका सहसचिव तथा अन्य सरोकारवालाहरूको उपस्थिति थियो।
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही भदौ २३ र २४ गते सार्वजनिक तथा निजी भौतिक संरचनाहरूमा पुगेको क्षतिको आकलन र लेखाजोखा गर्न एक प्राविधिक समिति गठन गरेको छ ।
प्राधिकरणमा आइतबार सम्पन्न एक बैठकले क्षतिको पूर्ण मूल्याङ्कन तथा प्राविधिक परीक्षण गरी सुरक्षित नभएसम्म कुनै पनि क्षतिग्रस्त संरचनालाई पुनः प्रयोगमा नल्याउन सरोकारवालाहरूलाई अनुरोध गर्ने महत्त्वपूर्ण निर्णय पनि गरेको छ ।
प्राधिकरणका प्राविधिक सहसचिव ई. अमृत श्रेष्ठको संयोजकत्वमा गठित उक्त समितिले क्षति आकलनका लागि मानक प्रारूप तयार गर्ने र क्षतिको विवरण सङ्कलनका लागि उपयुक्त तथा द्रुत माध्यमको निर्क्योल गर्ने जिम्मेवारी पाएको छ ।
समितिमा राष्ट्रिय योजना आयोग, शहरी विकास तथा भवन निर्माण विभाग, पुरातत्त्व विभागका प्रतिनिधिहरू सदस्य रहेका छन् ।
यसका अतिरिक्त, नेपाल इन्जिनियर्स एशोसिएसन, स्ट्रक्चरल इन्जिनियर्स एशोसिएसन नेपाल, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स, सोसाइटी अफ मेकानिकल इञ्जिनियर्स नेपाल, भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल र सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपालका एक–एक जना प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ । यसले क्षति आकलनको कार्यलाई बहुआयामिक र विशेषज्ञतापूर्ण बनाउने अपेक्षा गरिएको छ ।
बैठकले क्षति भएका सरकारी र निजी भवनहरूमा प्राविधिक परीक्षण नगरी प्रवेश गर्दा वा पुनः प्रयोग गर्दा थप मानवीय क्षति हुनसक्ने भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसैले, प्राविधिक परीक्षण गरी सुरक्षित भएको सुनिश्चित भएमा मात्र ती संरचनाहरू प्रयोगमा ल्याउन सरोकारवाला निकाय तथा सर्वसाधारणमा अनुरोध गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ ।
गत भदौ ३१ गतेको सचिव बैठकले क्षतिग्रस्त संरचनाहरूको पोष्ट डिजास्टर निड एसेसमेन्टको कार्य राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा अघि बढाउने निर्णय गरिसकेको थियो ।
प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न आजको बैठकमा गृह मन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजाल, अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली, राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारी, पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्ग लगायतको उपस्थिति थियो ।
त्यसैगरी, बैठकमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका क्याम्पस प्रमुख सञ्जय उप्रेती, थापाथली क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.रामप्रसाद न्यौपाने, नेपाल नगरपालिका सङ्घ तथा गाउँपालिका राष्ट्रिय महासङ्घ र प्राविधिक समितिमा रहेका सङ्घ संस्थाहरूका पदाधिकारी तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण