मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
जेनजी प्रदर्शन

कांग्रेसका ४८ जिल्ला कार्यालय र केन्द्रीय कार्यालय जलेर ध्वस्त

आइतबार, ०५ असोज २०८२, १६ : ११
आइतबार, ०५ असोज २०८२

सारांश

  • भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा कांग्रेसका ४८ जिल्ला कार्यालय जलेर ध्वस्त पारिए।
  • पार्टीका झापा, मोरङ, सुनसरी लगायतका जिल्ला कार्यालयहरु आन्दोलनकारीले जलाए।
  • आन्दोलनमा कांग्रेसका ८ पदाधिकारीसहित ३६ नेताको घर र जिल्ला तथा स्थानीय तहका ९५ नेताको घर जलाइएको छ।

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालय र ४८ जिल्ला कार्यालय जलेर ध्वस्त भएका छन् ।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरणमा ४८ कार्यालय जलाइएको उल्लेख छ । 

विश्वकर्माले जारी गरेको सूचीमा पार्टीका झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा र पर्साका जिल्ला कार्यालय आन्दोलनकारीले जलाएर ध्वस्त बनाएका छन् ।

त्यस्तै सिन्धुली, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, ललितपुर, काठमाडौँ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, ग्याग्दी, बागलुङ, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँकेका पार्टी कार्यालय जलाइएका छन् । 

त्यस्तै बर्दिया, डोल्पा, जुम्ला, मुगु, कालिकोट, सुर्खेत, डोटी, अछाम, दार्चुला, डडेलधुरा, कञ्चनपुर र कैलाली कार्यालयमा पनि आगजनी गरेर ध्वस्त बनाइएको छ ।

त्यस्तै जिल्ला तथा स्थानीय तहका ९५ नेताको घर जलाइएको कांग्रेसले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप