सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हा कानुनमन्त्रीमा नियुक्त
आइतबार, ०५ असोज २०८२, २१ : ४६
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा कानुनमन्त्री बनेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सिन्हालाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
यसअघि कानुन मन्त्रालयको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले सम्हाल्दै आएका थिए । सिन्हा सर्वोच्च अदालतमा पूर्वन्यायाधीश हुन् । १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका उनी ६५ वर्षे उमेर हदका कारण १४ कात्तिक २०८० मा निवृत्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण