फुटबल
इन्जुरी समयमा मार्टिनेलीले गोल गर्दा हारबाट जोगियो आर्सनल
आइतबार, ०५ असोज २०८२, २३ : ३१
सारांश
- आर्सनल र म्यान्चेस्टर सिटीबीचको खेल १-१ गोलको बराबरीमा टुङ्गियो।
- म्यान्चेस्टर सिटीका लागि हालाण्डले सुरुवाती गोल गरे।
- गेब्रियल मार्टिनेलीले इन्जुरी समयमा गोल गर्दै आर्सनललाई हारबाट जोगाए।
काठमाडौँ । गेब्रियल मार्टिनेलीले इन्जुरी समयमा गोल गर्दा आर्सनलले प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीसँग बराबरी खेलको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले सिटीसँग १–१ गोलको बराबरी खेलेको हो।
आर्सनलको घरेलु मैदानमा भएको खेलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो। सिटीका लागि हालाण्डले खेलको नवौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
सिटीले उक्त अग्रता खेलको अन्तिम समायसम्म जोगाउन सकेन । खेलको इन्जुरी समयमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई हारबाट जोगाए ।
बराबरीसँगै आर्सनल ५ खेलबाट १० अङ्क जोडेको तालिकाको दोस्रो स्थानमा छ । पराजित सिटी ७ अङ्क जोडेर तालिकाको नवौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण