नेपाल टेलिकमको दसैँ-तिहार-छठ अफर
सोमबार, ०६ असोज २०८२, ०६ : २१
सारांश
- नेपाल टेलिकमले दसैं, तिहार र छठको अवसरमा आकर्षक अफर ल्याएको छ।
- यस योजना अन्तर्गत, एफटीटीएच जडानमा छुट र सहुलियत दरका भ्वाइस र डाटा प्याकेजहरू उपलब्ध छन्।
- अफरहरू असोज ६ गतेदेखि लागू हुनेछन् र ग्राहकहरूले मोबाइल र एप मार्फत खरिद गर्न सक्नेछन्।
काठमाडौँ । नेपाल टेलिकमले दसैं, तिहार र छठको अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक 'दसैं-तिहार-छठ अफर २०८२' ल्याएको छ।
यस योजनाअन्तर्गत मोबाइल सेवामा सहुलियत दरका भ्वाइस र डाटा प्याकेजका साथै एफटीटीएच जडानमा पनि छुट दिइनेछ। यी अफरहरू असोज ६ गतेदेखि लागू हुनेछन्।
प्रमुख अफरहरू
- एफटीटीएच प्याकेज: असोज ६ देखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई रु. ५०० को जडान शुल्क मिनाहा गरिनेछ।
डाटा प्याकेज:
- फेस्टिभल अनलिमिटेड: रु. ४९९ मा ५ GB डाटा पाइनेछ। यो डाटा खपत भएपछि बाँकी अवधिभर २ Mbps गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।
- फेस्टिभल अनलिमिटेड प्रिमियम: रु. ६९९ मा १० GB डाटा पाइनेछ। यो डाटा खपत भएपछि बाँकी अवधिभर ३ Mbps गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।
भ्वाइस र एसएमएस प्याकेज:
- जोयफूल मिनेट्स: रु. २५० मा १००० मिनेट अल-नेट भ्वाइस कल गर्न सकिनेछ।
- फेस्टिभ म्यासेज प्याकेज: रु. ९९ मा १००० अन-नेट एसएमएस उपलब्ध हुनेछ।
यी सबै मोबाइल प्याकेजको समयावधि प्रिपेडका लागि २८ दिन र पोस्टपेडका लागि ३० दिन तोकिएको छ।
मोबाइल सेवाका यी प्याकेजहरू असोज ६ देखि २० गतेसम्म र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकहरूले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा 'नेपाल टेलिकम एप' मार्फत यी प्याकेजहरू खरिद गर्न सक्नेछन्।
कम्पनीले चाडपर्वमा ग्राहकहरूलाई आफन्तसँग सहजै सम्पर्कमा रहन र डिजिटल सेवाहरूको प्रयोगलाई बढाउन प्रोत्साहित गर्न यस्ता अफरहरू ल्याएको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण