तलेजुलाई दसैँघर भित्र्याएर भक्तपुरमा दसैँ सुरु, सङ्गमेश्वरमा सामूहिक जमरा
सारांश
- भक्तपुरको तलेजु भवानीलाई मूलघरबाट दसैँघरमा भित्र्याएर दसैँ सुरु गरियो।
- घटस्थापनादेखि विजयादशमीसम्म तलेजुलाई दसैँघरमा राखेर पूजा गर्ने परम्परा छ।
- मध्यपुरथिमिमा सामूहिक जमरा राख्ने व्यवस्था मिलाइयो, जसले घरमा जमरा नराख्नेहरूलाई सजिलो बनायो।
भक्तपुर । भक्तपुरको तलेजु भवानीलाई मूलघर भित्र्याएर दसैँकाे सुरुवात गरिएकाे छ । तलेजु मन्दिरबाट आज शुभसाइतमा तलेजु भवानीलाई मूलघरबाट दसैँघरमा भित्र्याएर दसैँ सुरु गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
घटस्थापनादेखि विजयादशमीका दिनसम्म तलेजुलाई दसैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको उनले जानकारी दिए । सप्तमीदेखि महानवमीसम्म तलेजुमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँस बलि दिने परम्परा छ । जात्राका अवसरमा तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बलि दिने परम्परा छ ।
त्यसैगरी घरघरमा जमरा नराख्नेहरूका लागि भन्दै मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनीवासीका लागि आज सामूहिक जमरा राखिएको छ । सङ्गम कोलोनीस्थित सङ्गमेश्वर महादेव मन्दिरमा स्थानीयवासीका लागि घटस्थापना गरी सामूहिक जमरा राखिएको सङ्गमेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष मोहनवरसिंह प्रधानले जानकारी दिए ।
उनले घरघरमा जमरा नराख्नेहरूका लागि मन्दिर व्यवस्थापन समितिले जमरा राखिदिएको बताउँदै उहीँबाटै विजयादशमीको दिन घरघरमा जमरा लगेर शुभसाइतमा टीका ग्रहण गर्ने गरेको जानकारी दिए । यो परम्पराले घरघरमा जमरा नराख्नेहरूका लागि निकै सहज व्यवस्थापन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण