प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक भन्छन्, ‘युवा पुस्ता सन्तुष्ट हुनेगरी काम गर्छु’
सारांश
- नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले युवा पुस्ताको अपेक्षाअनुसार प्राधिकरणमा काम गर्ने बताए।
- उनले गुणस्तरीय विद्युत् आपूर्ति, विद्युत्को पहुँच विस्तार, निर्यात प्रवर्द्धन र प्राधिकरणलाई सुदृढ बनाउने कुरालाई प्राथमिकतामा राखेका छन्।
- सिलवालले निजी क्षेत्रसँगको सहकार्यलाई बढाउँदै विद्युत् खरिद बिक्री र आयात निर्यातको सम्भावना बढाउने बताए।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले युवा पुस्ताको अपेक्षा सम्बोधन हुनेगरी प्राधिकरणमा काम गर्ने बताएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका उनले अहिलेको सेवा प्रवाहबाट ग्राहकहरूले गुणस्तरको प्रत्याभूति गर्न नसकेको भन्दै यसको सुधारमा काम गर्ने बताए ।
उनले आफ्नो कार्यकालमा मुख्य प्राथमिकताको विषयबारे समेत उल्लेख गरेका छन् । गुणस्तरीय विद्युत् आपूर्ति, विद्युतको पहुँच विस्तार, निर्यात प्रवर्द्धन र प्राधिकरणलाई आर्थिक तथा प्राविधिक रूपमा सुदृढ बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।
कार्यकारी निर्देशक सिलवालले सार्वजनिक संस्थाबाट सेवा पाइरहेका युवा पुस्ता ग्राहकको सन्तुष्टिमा विशेष जोड दिएका छन् ।
‘युवा पुस्ताको अपेक्षा ठुलो छ, तर जुन हिसाबले सेवा डेलिभरी पाइराखेका छन्, उनीहरू सन्तुष्ट छैनन्। अब उनीहरू सन्तुष्ट हुने गरी हामीले सेवा प्रवाहमा सुधार गर्नुपर्छ,’ उनले भने, ‘ देशभर अझै पनि विद्युत् पहुँच नपुगेका स्थानहरूमा विद्युतीकरणलाई तीव्रता दिनुपर्ने आवश्यकता पनि छ ।’
त्यस्तै, औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्तिमा विशेष ध्यान दिइने उनको भनाइ छ। ‘निजी क्षेत्रसँग सहकार्य गरेर विद्युत् खरिद बिक्री बढाउने र भारत लगायतका मुलुकहरूमा आयात निर्यातको सम्भावना अध्ययन गरी वृद्धि गर्ने कुराहरूमा हामी काम गर्छौँ,’ उनले भने, ‘प्राधिकरणले पहिले नै निजी क्षेत्रबाट उत्पादित विद्युत् खरिद बिक्री गरिरहेको छ, आगामी दिनमा समेत य निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाउनु पर्नेछ ।’
प्राधिकरणको आन्तरिक सुदृढीकरण पनि आफ्नो अर्को प्रमुख एजेन्डा भएको उनले बताए । प्राधिकरणलाई आर्थिक र प्राविधिक दुवै रूपले सुदृढ बनाउनु पर्ने तथा डेडिकेटेड ट्रंकलाइनको बक्यौताको असुलीलाई पनि प्राथमिकतामा दिनुपर्ने आवश्यकता रहेको उनले बताए ।
उनले निजी क्षेत्रसँगको विद्युत् खरिद सम्झौतालाई समेत निरन्तरता दिने बताए । नेपाल सरकारले तयार पारेको २८ हजार मेगावाटको उर्जा रोडम्यापलाई आफ्नो कार्यदिशा मान्ने भन्दै उनले निजी क्षेत्र समेत सहयोगमा मात्रै यो सम्भव हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण