सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

मुग्लिन– नारायणगढ सडक : पहिरो हटाउने कार्य जारी, लेन अनुशासनमा रहन आग्रह

सोमबार, ०६ असोज २०८२, १४ : ५६
सोमबार, ०६ असोज २०८२

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरोका कारण अहिले एकतर्फी सडक सञ्चालनमा रहेको छ । दुई तर्फी सञ्चालनका लागि पहिरो हटाउने कार्य भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ । 

साथै पहिरो हटाउनका लागि १ बजेदेखि ३ बजेसम्म सवारी रोकिएका छन् भने सवारी चालकलाई आफ्नो लेन अनुशासनमा रहन आग्रह गरिएको छ । 

‘मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै हाल एकतर्फी सञ्चालन भइरहेकोमा पहिरो पूर्ण रूपमा हटाई सडक दुईतर्फी सञ्चालनमा ल्याउनको लागि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सवारीसाधनहरू रोकी पहिरो हटाउने कार्य सुचारु भइरहेको जानकारी गराइन्छ,’ सूचनामा भनिएकाे,‘उक्त अवधिभर रोकिने सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहनुहुन समेत अनुरोध गरिन्छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप