उद्योगमन्त्रीको पदभार
पुनर्निर्माणको क्रममा प्रयोग हुने सबै फर्निचर नेपालमै बनेको प्रयोग गर्ने निर्णय
सोमबार, ०६ असोज २०८२, १६ : ३१
सारांश
- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिंहले पुनर्निर्माणमा प्रयोग हुने फर्निचर नेपालमै बनाउने निर्णय गरे।
- मन्त्री सिंहले सहिद परिवार र घाइतेलाई रोजगारी दिने कुरामा जोड दिने बताए।
- उनले भूमि सुधार र कानुन मन्त्रालयको पनि जिम्मेवारी पाएका छन्, तर आज पदभार ग्रहण गरेनन्।
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिंहले पुनर्निर्माणको क्रममा प्रयोग हुने सबै फर्निचर नेपालमै बनेको प्रयोग गर्ने निर्णय गरेका छन् ।
सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयका रूपमा यस्तो निर्णय गरेका हुन्। यस्तै उनले सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्थाका लागि जोड दिने समेत बताए ।
उनले भूमि सुधार र कानुन मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् । तर, दुवै मन्त्रालयमा उनले आज पदभार ग्रहण गरेनन् । भूमिसुधारमा भोलि ११ बजे र कानुनमा भोलि २ बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण