जनकपुरधाममा यात्रु सहायता कक्ष सञ्चालन, ‘म जिम्मेवार चालक’ अभियान शुभारम्भ
जनकपुरधाम । चाडपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनकपुरधामसहित जिल्लाका विभिन्न स्थानमा यात्रु/नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
रामानन्द चौक, मुजेलिया, ढल्केवर, लालगढलगायतका प्रमुख स्थानमा स्थापना गरिएको सहायता कक्षमार्फत यात्रुहरूलाई सहज र सुरक्षित आवागमनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
आइतबार जनकपुरधाममा आयोजित विशेष समारोहकाबिच सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल, जिल्ला प्रहरी प्रमुख नरहरि रेग्मी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका प्रतिनिधि र नागरिक समाज लगायतको उपस्थितिमा ‘म जिम्मेवार चालक’ अभियान शुभारम्भ गरिएको हो । अभियानअन्तर्गत सवारीसाधनमा विशेष स्टिकर टाँस गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर शाहीका अनुसार चाडपर्वमा बढ्ने यात्रु चापलाई लक्षित गर्दै ट्राफिक प्रहरीले जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ । गत भदौ २४ गतेको जेनजी पुस्ताको आन्दोलनका क्रममा कार्यालय, पोसाक तथा राशनसमेत नष्ट भएपनि ट्राफिक प्रहरी पुनः जनताको सेवामा सक्रिय भएको उनले बताए ।
उनका अनुसार चाडपर्वलाई व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्थापनमा हर सम्भव प्रयास जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण