चलचित्र ‘मैझारो’ को टिजर सार्वजनिक
काठमाडौँ । आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’को टिजर रिलिज गरिएको छ । निर्माण पक्षले सोमबार घटस्थापनाको दिन पारेर चलचित्रको १ मिनेट ५८ सेकेण्डको टिजर सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर,मिरुना मगर र दिया पुनबिचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ ।
इलामको दृश्यसँगै गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई देख्न सकिन्छ। चिया बगानमा चिया टिप्न ढोको बोकेकी मिरुना मगरलाई डोको बोकेको देख्न सकिन्छ ।
सायद उनी चिया बगानमा चिया पत्ती टिप्ने काम गरेकी हुन कि भन्ने बुझिन्छ । धिरज र मिरुनाको प्रेम टिजरमा देख्न सकिन्छ। तर कुनै बाध्यताले धिरज दिया पुनसँग नजिकिएका छन् ।
धेरै जसो दर्शकले तक्मेबुढा (विल्सन विक्रम राई)भन्ने वित्तिकै कमेडी शैलीको फिल्म निर्माण गर्लान् भन्ने लागेको हुनुपर्छ ।
तर टिजरले मौलिक प्रेमकथामा फिल्म निर्माण भएको सङ्केत गर्छ । त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘मैझारो’लाई निर्देशक राईकै कथामा निर्माण भएको हो ।
चलचित्रमा धिरज,मिरुना र दियाका साथमा दयाहाङ राई,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको मीठो स्वर सुन्न पाइनेछ ।
सौरभ लामाले छायाङ्कन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण