चन्द्रनिगाहपुरमा दशैं–तिहार लक्षित नागरिक सहायता कक्ष स्थापना
सारांश
- रौतहट ट्राफिक प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी तीनवटा नागरिक सहायता कक्ष स्थापना गरेको छ।
- सहायता कक्षले यात्रुको गुनासो सुन्ने, टिकट अनियमितता नियन्त्रण गर्ने र दुर्घटना कम गर्ने प्रयास गर्नेछ।
- मधेस प्रदेश प्रहरी प्रमुखले ट्राफिक व्यवस्थापनलाई सशक्त बनाउन निर्देशन दिएका छन्।
रौतहट । नजिकिँदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यात्रुहरूको समस्या समाधान र सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले तीनवटा नागरिक सहायता कक्ष स्थापना गरेको छ।
जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीका अनुसार, चाडपर्वको समयमा यात्रुहरूको भिडभाड बढ्ने र असुरक्षित यात्राका घटना बढ्ने सम्भावना रहेकाले विशेष अभियान स्वरूप चन्द्रपुर स्थित तीन स्थानमा सहायता कक्ष स्थापना गरिएको हो। यी कक्षमार्फत यात्रुहरूको गुनासो सुन्ने, टिकटमा हुने अनियमितता नियन्त्रण गर्ने, यातायात साधनमा हुने भीड व्यवस्थापन गर्ने र दुर्घटनाको जोखिम न्यून पार्ने प्रयास गरिने उनले बताए।
यसैबिच, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले जिल्ला ट्राफिक प्रहरी कार्यालयको निरीक्षण तथा अवलोकन गर्दै ब्रिफिङ कार्यक्रममा सहभागिता जनाएका थिए। डीआईजी चतुर्वेदीले चाडपर्वमा हुने सम्भावित चुनौतीलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापनलाई अझ सशक्त बनाउन निर्देशनसमेत दिएका छन्।
ट्राफिक प्रहरीले यस वर्षलाई “सुरक्षित यात्रा, सजग प्रहरी” नारासहित कार्य अगाडि बढाउने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण