फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दिएपछि राष्ट्रसंघका महासचिवले दिए यस्तो प्रतिक्रिया
सारांश
- फ्रान्सले संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिने घोषणा गरेको छ।
- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनीहरूलाई राज्यको दर्जा दिनु उनीहरूको अधिकार रहेको बताए।
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बेलायत, क्यानडा र अस्ट्रेलियाको निर्णयलाई आतंकवादको पुरस्कार भने।
न्यूयोर्क । फ्रान्सले संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनलाई एक देशको रूपमा मान्यता दिने घोषणा गरेको छ । यसअघि आइतबार बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगलले औपचारिक रूपमा प्यालेस्टाइनलाई मान्यता दिएका थिए ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यसमा प्रतिक्रिया दिएका छन् । ‘राज्यको दर्जा प्यालेस्टिनीहरूको लागि अधिकार हो, पुरस्कार होइन ।’ गुटेरेसले भने । राज्यको दर्जा दिन अस्वीकार गर्नु विश्वभरका अतिवादीहरूका लागि उपहार हुने पनि उनले बताए ।
इजरायल र प्यालेस्टाइन बीचको दिगो शान्तिको लागि दुई–राज्य समाधान एक मात्र मार्ग हो भनेर पनि उनले जोड दिए । गुटेरेसले भने, ‘दुई–राज्य समाधान नै इजरायल र प्यालेस्टाइनका जनताको लागि दिगो शान्ति र मध्यपूर्वमा व्यापक शान्ति र सुरक्षाको लागि एक मात्र विश्वसनीय मार्ग हो ।’
आइतबार बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता दिएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यसलाई आतंकवादको लागि ठुलो पुरस्कार बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण