झगडा रोक्न पुगेका प्रहरीमाथि आक्रमण, ३ जना पक्राउ
सारांश
- भक्तपुरको सूर्यविनायकमा झगडा नियन्त्रण गर्न गएका प्रहरीमाथि आक्रमण भयो।
- प्रनानि राजन बनमाला र जवान राज बहादुर ऐर घाइते भए, एक जना पक्राउ परे।
- प्रहरीले थप दुई जनालाई पक्राउ गर्यो, घटनाबारे अनुसन्धान जारी छ।
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ कटुन्जेस्थित नगरपालिकाको कार्यालय नजिकै गएराति झगडा भएपछि स्थानीयले प्रहरी कन्ट्रोलमा खबर गरे । झगडा नियन्त्रण गर्न प्रहरी प्रभाग कटुन्जेका प्रहरी नायव निरीक्षक (प्रनानि) राजन बनमाला र जवान राज बहादुर ऐर घटनास्थलमा पुगे ।
घटनास्थलमा पुगेका सोही प्रहरीलाई झगडा गर्ने एउटा समूहले आक्रमण गरेका छन् ।
झगडियाहरूले प्रहरीमाथि हातपात हुँदा प्रनानि बनमाला र जवान ऐर सामान्य घाइते भएका छन् । आक्रमणका बिच प्रहरीले एकजना झगडियालाई घटनास्थलमै पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ नगरपालिका घर भएर सूर्यबिनायक बस्ने ३२ वर्षीय अर्जुन तामाङ छन् ।
जिल्ला प्रहरी परिसरले भक्तपुरले थप फौज परिचालन गरेर अरू दुई जनालाई पनि पक्राउ गरेको छ । आरोपीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरी कर्मचारीहरू सूर्यबिनायक नगर अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।
जेनजी प्रदर्शनपछि अपराधमा संलग्नहरूको मनोबल बढेको र प्रहरीमाथि आक्रमण हुन थालेको प्रहरीका अधिकृतहरू बताउँछन् । भक्तपुरका स्थानीयहरूले पनि सामाजिक सञ्जालमा घटनाबारे लेख्दै समाजमा सुरक्षा दिनुपर्ने प्रहरी आफैँ ‘असुरक्षित’ हुन थालेको टिप्पणी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण