३३ किलो सुन तस्करीमा संलग्न ‘गोरे’ कारागार फर्किए
मङ्गलबार, ०७ असोज २०८२, १३ : ३७
सारांश
- जेनजी प्रदर्शनको क्रममा भागेका गोरे फेरि कारागार फर्किएका छन्।
- गोरे दुबईबाट ३३ किलो सुन तस्करी मुद्दामा थुनामा परेका थिए।
- २०७४ माघमा विमानस्थलमा आएको सुन गोरेको समूहले ल्याएको अनुसन्धान निष्कर्ष छ।
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका चूडामणि उप्रेती ‘गोरे’ कारागार फर्किएका छन् । भदौ २४ मा उनी अरू कैदीबन्दीसँगै कारागारबाट बाहिरिएका थिए । गोरे कारागार फिर्ता भएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईँले जानकारी दिए ।
दुबईबाट ३३ किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको मुद्दामा उनी थुनामा छन् । २०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’ को समूहले ल्याएको अनुसन्धान निष्कर्ष छ ।
तर, सो सुन अहिलेसम्म फेला परेको छैन । भरियाले काठमाडौँको नयाँ बानेश्वर स्थित रत्नराज्य स्कुल नजिकैबाट लुटिएको जानकारी गराएको गोरेले बयानमा खुलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण