चीनमा ३ लाख ७० हजार जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
बेइजिङ । समुद्री आँधी रागासा चीनको दक्षिण तटमा पुग्न लागेसँगै ग्वाङडोङ प्रान्तले ३ लाख ७० हजार जनाभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ ।
रागासा बुधबार ग्वाङडोङमा पुग्ने अनुमान गरिएको छ । यसैबिच, रागासाका कारण हङकङमा सयौं उडानहरू रद्द गरिएका छन् ।
हङकङ मौसम विभागले ८औँ स्तरको आँधीको चेतावनी जारी गरेको छ । अधिकतम चेतावनी स्तरभन्दा दुई स्तर कम हो ।
यसको अर्थ औसत ६३ किलोमिटर प्रति घण्टा वा सोभन्दा बढीको गतिमा आँधी चल्ने अपेक्षा गरिएको छ ।
एएफपीको रिपोर्ट अनुसार, चीनले कम्तीमा १० सहरमा विद्यालय र केही व्यवसायहरू बन्द गर्न आदेश दिएको छ ।
झुहाईमा पनि मानिसहरूले आफ्नो घर र पसलका झ्यालहरू बन्द गरिरहेका छन् । रागासा ताइफुले सोमबार उत्तरी फिलिपिन्सका साना टापुहरू पार गरेको थियो ।
ताइवानमा ताइफुका कारण कम्तीमा पनि ६ जना घाइते भए भने सय भन्दा धेरै अन्तर्राष्ट्रिय उडान रद्द भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण