१४ लाख ५० हजारसहित विराटनगरबाट एक जना पक्राउ
मङ्गलबार, ०७ असोज २०८२, १६ : २२
सारांश
- मोरङ प्रहरीले स्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
- विराटनगर १७ मटेरुवामा चेकजाँच गर्दा भारतबाट आउँदै गरेको मोटरसाइकलमा लुकाएर ल्याएको फेला पारेको हो।
- प्रहरीले मोटरसाइकल चालक वीरेन्द्र साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो करिब १:३० बजे विराटनगर महानगरपालिका वडा नं. १७ स्थित अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को. ३८ प. ५८५१ नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोकेको थियो।
चेकजाँच गर्दा मोटरसाइकल चालक विराटनगर महानगरपालिका वडा नं. १८ का ४१ वर्षीय वीरेन्द्र साहले लुकाइछिपाई ल्याएको १४ लाख ५० हजार रुपैयाँ फेला पारेको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक कोपिला चुडालले उक्त रकम, मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण