आजीवन मुख्यमन्त्री बन्नका लागि आएको होइन, मार्ग प्रशस्त गर्न तयार छु : मुख्यमन्त्री सिंह
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफू आजीवन मुख्यमन्त्री बन्ने उद्देश्यले नभई सङ्घीयताको रक्षा गर्न नेतृत्व गरिरहेको स्पष्ट पारेका छन् ।
प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् । मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत दिएको राजीनामाबारे प्रष्ट पार्दै भने, “सङ्घीयता जलिरहेको बेला म भागेर लुक्ने व्यक्ति होइन । त्यतिबेला सामाजिक सञ्जालमा राजीनामा राख्न भनिएको थियो, तर राजीनामा मान्य हुन प्रदेश प्रमुखलाई बुझाउनुपर्ने हुन्छ । अहिलेको समय एकजुट हुने हो, सङ्घीयतालाई बचाउनु हो ।”
उनले आफू मार्ग प्रशस्त गर्न तयार रहेको समेत बताए ।
बैठकमा जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले मुख्यमन्त्री सिंहमाथि कटाक्ष गर्दै भने, “मान्छे जब आफ्नो पद र दायित्व बिर्सन्छ, तब आन्दोलन हुन्छ । यस्ता पदभ्रष्ट व्यक्तिलाई माता दुर्गाले सद्बुद्धि प्रदान गरुन् ।” उनले जनमत पार्टी अब विपक्षी बेन्चमा बसेर पनि सङ्घीय लोकतान्त्रिक व्यवस्थाको पक्षमा जिम्मेवार ढङ्गले अघि बढ्ने बताए ।
मधेस प्रदेशसभाको अर्को बैठक असोज ८ गते दिउँसो १ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
-
४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
-
यो वर्ष १५ खर्ब ८० अर्ब राजस्व उठाइने
-
कृषिमा २ अर्बको सीमा पुनरवलोकन हुँदैन : अर्थमन्त्री
-
प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
-
१० वर्षपछि औषधिको मूल्य समायोजन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण