असोज २६ देखि मोरङको लक्ष्मीमार्गमा आठौँ बेलबारी गोल्डकप
काठमाडौँ । असोज अन्तिम सातादेखि आठौँ बेलबारी आरजु राइस मेजर स्वर्गीय एनबी रुङ्माहाङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता हुने भएको छ ।
बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा असोज २६ गतेदेखि कार्तिक १ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक एलएक्स सिटी फुटबल क्लबले जनाएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतका गरी आठ टोलीले गोल्डकपमा सहभागिता जनाउने क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिए । प्रतियोगितामा नेपालका आयोजक एलएक्स सिटी फुटबल क्लबसहित साबिक विजेता झापा–११ फुटबल क्लब झापा, उपविजेता सलहेश युवा क्लब सिरहा, चर्च ब्वाइज युनाइटेड ललितपुर, बी डिभिजन लिग च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेड, रारा फुटबल क्लब राजारानी धनकुटा, भोजपुर जिल्ला फुटबल सङ्घ भोजपुर र भारतको लिजेन्ड फुटबल एकेडेमीले भाग लिनेछन् ।

बेलबारी नगरपालिका मुख्य सहयोगी, आरजु राइस मिल मुख्य प्रायोजन र टुबोर्ग प्रायोजक रहने खेलको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख पुरस्कार पाउनेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, उत्कृष्ट गोल्ड किपरले ११ हजार रुपैयाँ, उत्कृष्ट कोचले ११ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ताले ११ हजार रुपैयाँ, उदयीमान खेलाडीले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
हरेक खेलमा म्यान अफ द म्याच खेलाडीलाई ७ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । खेल सम्पन्न गर्न ६३ लाख ७८ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने आम्दानी ७२ लाख १ हजार संकलन गर्ने लक्ष्य राखिएको आर्थिक समिति संयोजक शिवकुमार राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
-
सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन
-
एमालेको भविष्यको दिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण