१० बजे १० समाचार : रविका फाइलमा आन्दोलनकारीको निसानादेखि गाडी बुकिङ रद्दसम्म
आज २०८२ असोज ७ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. कांग्रेसमा विशेष महाधिवेशन माग
नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल २०८२ मंसिरमा सकिँदै छ ।
२. फागुन २१ को डेडलाइन
जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा गठित अन्तरिम सरकारको प्रमुख दायित्व भनेकै फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु हो । त्यसबाहेक आन्दोलनको मर्म र भावनाअनुसार सुशासन कायम गर्ने प्रयास पनि यो सरकारको दायित्वभित्रै पर्छ ।
३. टोपबहादुर रायमाझी डिल्लीबजार कारागारमा स्थानान्तरण
भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीलाई डिल्लीबजार कारागारमा स्थानान्तरण गरिएको छ । कारागार व्यवस्थापन विभागले उनलाई सुन्धाराबाट डिल्लीबजार कारागारमा स्थानान्तरण गरेको हो ।
४. पदभार ग्रहण
नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आज पदभार ग्रहण गरेका छन् । सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको हो ।
५ .जेनजी आन्दोलनपछि घट्यो पर्यटक आगमन
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पुर्याएको छ । आन्दोलनपछि दिनचर्या करिब सामान्य अवस्थामा फर्किसकेको भए पनि पर्यटकहरूमा त्रास कायमै देखिन्छ ।
६. शिक्षामन्त्रीकाे निर्देशन
शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कर्मचारीहरूलाई विभिन्न निर्देशन दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत तीन बुँदे निर्देशन दिइएकाे जानकारी गराए ।
७. रविका फाइल आन्दोलनकारीको निसानामा
जेनजी आन्दोलनका क्रममा कास्की जिल्ला अदालतमा पनि आगजनी भयो । आगजनीबाट क्षतिग्रस्त भएपछि अहिले अदालतबाट सेवा दिनै नसक्ने अवस्था छ । अदालतका लगभग सबै भवन जलेका छन् ।
८. अर्थतन्त्रमा झड्का
९. रविबारे रास्वपाको प्रष्टीकरण
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने भदौ २४ गते नख्खु कारागारबाट निस्किएको विषयमा प्रष्टीकरण दिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण