काभा यु–१९ महिला भलिबलको तयारीमा नेपाल, सुखद नतिजा ल्याउँछौँ : प्रशिक्षक राई
सारांश
- नेपाली यु-१९ महिला भलिबल टोली श्रीलङ्कामा हुने काभा यु-१९ च्याम्पियनसिपका लागि तयारी गर्दैछ।
- प्रशिक्षक कुमार राईको नेतृत्वमा खेलाडीहरू प्रशिक्षणमा छन् र डिफेन्स र अट्याकमा सुधार गर्दै छन्।
- नेपालले गत संस्करणमा तेस्रो स्थान हासिल गरेको थियो, र यसपटक अनुभवी खेलाडीहरूसँग राम्रो नतिजाको आशा गरिएको छ।
काठमाडौँ । नेपाली यु–१९ महिला भलिबल टोली श्रीलङ्कामा हुने काभा यु–१९ महिला भलिबल च्याम्पियनसिपमा सुखद नतिजा ल्याउने लक्ष्यसहित तयारीमा जुटेको छ ।
आगामी कात्तिक १७ देखि २४ गतेसम्म श्रीलङ्काको राजधानी कोलम्बोमा काभा महिला यु–१९ च्याम्पियनसिप हुँदैछ । नेपाल भलिबल संघले उक्त च्याम्पियनसिपका लागि गत भदौ ६ र ७ गते दुई दिने छनोटबाट प्रारम्भिक टोली बनाएको थियो ।
कुमार राईको प्रशिक्षणमा कुल १८ सदस्यीय खेलाडीले प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षक राईले जिल्ला र प्रदेशबाट दुई दिनको प्रारम्भिक छनोटबाट यी खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् । मालदिभ्सको मालेमा सम्पन्न गत संस्करणमा पाँच टोलीले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये नेपाल तेस्रो स्थानमा सीमित भएको थियो ।
प्रशिक्षक राईले हरेक प्रशिक्षण सुरु गरेको केही दिन मात्र भएको र त्यसमा हरेक दिन सुधार भइरहेको बताएका छन् । उनले यसपल्ट यही लक्ष्य ल्याउँछु भनेर अहिले नै भन्न नसक्ने बताउँछन् । गत वर्षको संस्करणबाट केही पाठ सिकेको र पर्याप्त अनुभव बिना नै यो नतिजा ल्याउन सकिन्न भन्न नसकिने उल्लेख गरेका छन् ।
यद्यपि यसपल्ट टोलीमा केही अनुभवी खेलाडी रहेकाले तुलनात्मक रूपमा पहिलेभन्दा राम्रो नतिजा आउने आशामा रहेको प्रशिक्षक राई बताउँछन् । उनले डिफेन्स र अट्याकमा काम गरिरहेको उल्लेख गरे । जोन जोनमा हान्न सकुन् भन्ने तरिकाले हरेक दिन सर्भिसमा धेरै समय लगाएर खेलाडीलाई तयारी गरिरहेको उनी बताउँछन् ।
प्रशिक्षक राईले सकेसम्म सम्भावना बोकेका प्रतिभाशाली खेलाडीलाई टोलीमा समेटेको बताएका छन् । दशैंको समयमा खेलाडीलाई पढाइको दबाब कम हुने भएकाले यो समयमा पनि प्रशिक्षण गराउने तयारी रहेको उल्लेख गरेका छन् । तर कोही खेलाडी यो महान् चाड मनाउन जान चाहेकोमा आफूले छाड्ने प्रशिक्षक राई बताउँछन् । अधिकांश खेलाडी न्यु डायमण्ड एकेडेमीमा नै राखेर तयारी गरिरहेको उनले उल्लेख गरे ।
नेपाली टोलीमा भावना तामाङ, नामसरा राना, प्रतिभा चौधरी, निसा महर, मीना चौधरी, अनुस्का कार्की, एन्जिला प्रधान, रूपा लम्साल, जेनिसा विश्वकर्मा, मीना सुनार, आशिका क्षेत्री, क्रिस्मा डाँगी, सम्झना नेपाली, अनिसा थारु, सुनिता खत्री, रेविका लामा तामाङ, विनिता राना र प्रशंसा बौडेल छन् ।
अहिले नेपाली सिनियर राष्ट्रिय पुरुष टोलीले पनि काभा पुरुष भलिबल नेसन्स लिग २०२५ को तयारी गरिरहेको छ । काभा महिला भलिबल नेसन्स लिग भने नेपालमा भएको जेनजी आन्दोलनका कारण प्रभावित हुन पुग्यो । आगामी नोभेम्बर १५ देखि २२ गतेसम्म काभा महिला भलिबल नेसन्स लिग टुँडिखेल हुने तय थियो ।
तर, जेन जीको आन्दोलनले देशमा स्थिति खराब भएपछि भलिबल संघले स्थगित गरेको हो । पुरुष काभा नेसन्स लिग भने आगामी कात्तिक ५ देखि ११ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा हुने तयारी छ । संघले गत असोज २ गतेदेखि नै नेपाली पुरुगा टोलीको बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।
तीन विभागीय टोली र केही प्रदेशका १८ खेलाडीलाई समेट्दै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको छ । प्रशिक्षणमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा भरत यादव तथा सहायक प्रशिक्षकमा उत्सव खड्काले नेतृत्व गरिरहेका छन् ।
नेपाली पुरुष भलिबल टोली दुई वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा फर्किंदैछ । पछिल्लो पटक सन् २०२३ मा चीनमा भएको १९औं एसियन गेम्स र सोही वर्ष श्रीलङ्कामा काभा च्यालेन्ज कप भलिबल खेलेपछि नेपाली टोलीले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण