मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

*७ जना इन्स्पेक्टरको काज सरुवा

बुधबार, ०८ असोज २०८२, ११ : ११
बुधबार, ०८ असोज २०८२

सारांश

  • नेपाल प्रहरीका ६ जना इन्स्पेक्टरहरूको सरुवा गरिएको छ।
  • आईजीपी चन्द्रकुवेर खापुङले मंगलबार विभिन्न युनिटहरूमा इन्स्पेक्टर पठाएका हुन्।
  • सरुवामा मोरङ, मकवानपुर, उदयपुर, सिराहा, सिन्धुली, रामेछाप र नुवाकोटका इन्स्पेक्टरहरू परेका छन्।

काठमाडौँ । नेपाल प्रहरीका ७ जना इन्स्पेक्टरहरूको सरुवा भएको छ । आईजीपी चन्द्रकुवेर खापुङले मंगलबार रिक्त युनिटहरूमा इन्स्पेक्टर पठाएका हुन् । इन्स्पेक्टर कैलाश लिम्बु खापुङलाई मोरङस्थित इलाका प्रहरी कार्यालय सिजुवामा सरुवा गरिएको छ ।

इन्स्पेक्टर दीपक थापालाई मकवानपुरको इप्रका मनहरी, दानबहादुर मिरिङचिङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र शालिकराम तिम्सिनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सिराहामा सरुवा गरिएको छ ।

मनहरीमा पठाइएका थापा यसअघि पर्साको पोखरीयामा बसेका थिए । सिन्धुलीको इलाका प्रहरी कार्यालय डकाहामा सपना खड्कालाई पठाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत कमल राउतलाई जिल्ला प्रहरी कार्यालय रामेछाप र विनोद ढकाललाई जिप्रका नुवाकोटमा काज सरुवा गरिएको छ । *(शीर्षकमा ७ हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । -सम्पादक)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप