बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्प प्रशासनले किन फिर्ता बोलायो कामबाट निकालेका सयौँ कर्मचारी ?

बुधबार, ०८ असोज २०८२, ११ : ३४
बुधबार, ०८ असोज २०८२

सारांश

  • अमेरिकी सरकारले बर्खास्त गरिएका सयौँ कर्मचारीलाई फिर्ता बोलाउन थालेको छ।
  • पूर्व सल्लाहकार एलन मस्कको खर्च कटौती योजनाअन्तर्गत कर्मचारी निकालिएका थिए।
  • जीएसएले कर्मचारीहरूलाई अक्टोबर ६ देखि काममा फर्किन जानकारी गराएको छ।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जागिरबाट निकालेका सङ्घीय सरकारका सयौँ कर्मचारीलाई धमाधम काममा फिर्ता बोलाइरहेको छ । ट्रम्पका सल्लाहकार रहिसकेका खर्बपति व्यापारी एलन मस्कको सरकारी खर्च कटौती गर्ने योजनाको एक भागको रूपमा यी कर्मचारीलाई बर्खास्त गरिएको थियो ।

सामान्य सेवा प्रशासन (जीएसए) ले यस हप्ता यी कर्मचारीहरूलाई पुनः काममा फर्किन चाहन्छन् कि चाहँदैन जानकारी दिन भनेको छ । यी कर्मचारीहरूले सरकारी कार्यालयहरूमा मर्मतसम्भार कामदारको रूपमा काम गर्थे ।

सरकारी सूचनाअनुसार फर्कन इच्छुकहरूले अक्टोबर ६ देखि काममा आउनु पर्नेछ । यी सात महिनाको अवधिमा काममा नआएपछि ती कर्मचारीहरू तलब भने पाइराखेका थिए । यस जीएसएले कयौँ सरकारी भवनहरूको ठुलो भाडा खर्च बेहोर्नुपरेको थियो ।

एजेन्सीमा कर्मचारीको निकै धेरै कमी भएको र आधारभूत कार्यहरू राम्ररी सम्पन्न भई नरहेको जीएसएका एक पूर्व अधिकारी चाड बेकरले भनेका थिए । एजेन्सी आपत्कालीन अवस्थामा सञ्चालन भइरहेको पनि उनले बताएका थिए । मस्क र उनको सरकारी दक्षता विभाग (डज) ले छोटो समयमा उल्लेखनीय कटौती गरेका थिए । जीएसए १९४० को दशकमा सरकारी खरिद र व्यवस्थापनको लागि एकल स्थान प्रदान गर्न स्थापना गरिएको थियो ।

कर्मचारीहरूको पुनर्भरण गर्ने निर्णय जीएसएले मात्रै नभएर अन्य एजेन्सीहरूले पनि गरिरहेका छन् । आयकर विभाग र श्रम विभागले पनि केही पूर्व कर्मचारीहरूलाई पुनर्भरण गरेको छ । राष्ट्रिय निकुञ्ज सेवाले पनि केहीलाई फिर्ता बोलाएको थियो ।

हजारौँ कर्मचारीहरू या त स्वेच्छाले अवकाश लिएका थिए वा मार्चदेखि छोड्न बाध्य भएका थिए । सयौँ कर्मचारीहरूलाई सिधै बर्खास्त गरिएको थियो । यद्यपि, तिनीहरू सबैले सेप्टेम्बरको अन्त्यसम्म तलब पाइराखे । पछिल्लो निर्णयप्रति जीएसले विस्तृतमा केही भनेको छैन । न त यसले फिर्ता बोलाइएको कर्मचारी सङ्ख्या वा खर्चको बारेमा जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप