मुख्यमन्त्री शाहद्वारा तत्काल सेवा प्रवाह र खर्च कटौती गर्न निर्देशन
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनतालाई छिटोभन्दा छिटो सेवा प्रवाह गर्न र खर्च कटौतीको विवरण तयार गर्न निर्देशन दिएका छन् ।
बुधबार मुख्यमन्त्री निवासमा बसेको विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरूको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा मुख्यमन्त्री शाहले मन्त्रालयहरूको कामको प्रगति र हालैको 'जेनजी’ आन्दोलनका क्रममा भएको भौतिक क्षतिको समीक्षा गरेका हुन् ।
आन्दोलनका क्रममा धनगढीका सरकारी कार्यालय, सवारीसाधन तथा अन्य भौतिक संरचनामा ठुलो क्षति पुगेको थियो ।
आन्दोलनमा क्षति भएका केही कार्यालयहरू मर्मतपछि सञ्चालनमा आए पनि केही अझै बन्द अवस्थामा छन्।जसले गर्दा नागरिकले सेवा पाउन सकेका छैनन् ।
मुख्यमन्त्री शाहले बन्द रहेका कार्यालयहरूलाई छिटो सञ्चालनमा ल्याएर सेवा सुचारु गर्न र सबै मन्त्रालयलाई भोलिसम्ममा खर्च कटौतीको विवरण पेस गर्न निर्देशन दिएका हुन् ।
'जेनजी’ आन्दोलनका क्रममा प्रदेशका विभिन्न जिल्लामा आगजनी र तोडफोड हुँदा करोडौँको क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण