वीरगञ्जमा हैजा विरुद्धको १० लाख डोज खोप अभियान दसैँलगत्तै सञ्चालन गरिने
काठमाडौँ । सरकारले वीरगञ्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि दसैँलगत्तै दश लाख डोज हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
हैजाविरुद्धको खोप अभियान पर्सा र बाराका केही प्रभावित स्थानीय तहमा केन्द्रित हुने परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले बताए ।
‘हैजा विरुद्धको खोप दसैँअघि नै नेपाल आइपुग्नेछ भने दसैँ बिदा सकिनासाथ अभियान सुरु गरिनेछ,’ उनले भने ।मुखबाट सेवन गरिने (ओरल) यो खोपको एकै डोजले महामारी नियन्त्रणमा सहयोग पुग्ने डा.गौतमले बताए ।
यस्तै हैजा विरुद्धको खोप एक वर्षभन्दा माथिका सबै व्यक्तिलाई खोप दिइनेछ । उच्च सङ्क्रमण भई अस्पतालमा उपचाररत, ज्वरो आएका वा झाडापखाला भइरहेका बिरामीहरूले भने यो खोप लिन नमिल्ने उनले बताए ।
खोप विद्यालय, कलेज, कार्यालय, घरदैलो र स्वास्थ्य संस्थाहरूमार्फत उपलब्ध गराइनेछ । यो खोप सरकारले खरिद नगरी इन्टरनेस्नल कोडिनेसन ग्रुप (आइसीजी) मार्फत अनुदानमा प्राप्त भएको हो ।
जसमा गाभी, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीजको महासङ्घ जस्ता संस्थाहरू संलग्न छन् ।
पर्सामा एक महिनाभन्दा बढी समयदेखि हैजाको प्रकोप जारी रहे पनि यसको स्रोत अझै पत्ता लाग्न सकेको छैन । दूषित पानी तथा खानाबाट यो रोग फैलिने भए पनि पानीमा हैजाको ब्याक्टेरिया पत्ता लगाउन गाह्रो भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बताउँदै आएको छ ।
यसअघि नेपालमा कपिलवस्तुमा हैजाको महामारी फैलिँदा पनि खोप अभियान चलाइएको थियो । त्यस समयमा सात जनाको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण