सुदूरपश्चिममा चाडपर्व सुरक्षा योजना : ५ हजार ७७ प्रहरी परिचालन, फरार कैदीबन्दी मुख्य चुनौती
सारांश
- सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा पारिएको छ, जसअनुसार ५ हजार ७७ जना प्रहरी परिचालन गरिनेछ।
- फरार कैदीबन्दीका कारण सुरक्षा चुनौती थपिएपछि सीमा क्षेत्रमा विशेष निगरानी बढाइनेछ र यात्रु सहायता कक्ष स्थापना गरिनेछ।
- प्रहरीले मापसे गरी सवारी चलाउने र चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष योजना बनाएको छ।
धनगढी । सुदूरपश्चिम प्रदेशमा दसैँ, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश प्रहरी कार्यालय, धनगढीले विशेष सुरक्षा योजना लागु गर्दै ५ हजार ७७ जना प्रहरी कर्मचारी परिचालन गरेको छ ।
‘जेनजी’ पुस्ताको विरोध प्रदर्शनका क्रममा विभिन्न जिल्लाका कारागारबाट ठुलो संख्यामा कैदीबन्दी फरार भएकाले यस वर्ष सुरक्षा चुनौती थपिएको निष्कर्षसहित प्रहरीले फरक रणनीति अपनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार, चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा रोकथामका लागि प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को कमाण्डमा विशेष टोली खटिनेछ । यसैगरी, प्रदेशका नौ वटै जिल्लामा सम्बन्धित जिल्लाका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा सुरक्षाकर्मी परिचालन हुनेछन् ।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटका अनुसार, चाडपर्वमा हुन सक्ने सम्भावित घटना र दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा जाँचमा विशेष कडाइ गरिनेछ । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि पनि प्रहरीले निगरानी बढाउनेछ ।
कारागारबाट कैदीहरू भागेका कारण सुरक्षा चुनौती बढेकाले भारतसँग सीमा जोडिएका क्षेत्रहरूमा विशेष निगरानी बढाइने उनले बताए ।
भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा सीमा क्षेत्रमा हुने आवतजावतलाई कडाइका साथ जाँच गरिने प्रहरी वरिष्ठ उपरीक्षक रानाभाटले जानकारी दिए । फरार रहेका कैदीबन्दीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयहरूलाई निर्देशन (सर्कुलर) जारी गरिएको पनि उनले बताए ।
यसका साथै, चाडपर्वमा घर फर्किने तथा एक ठाउँबाट अर्काे ठाउँमा जाने यात्रीहरूको सुविधाका लागि प्रदेशभरि ६५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यी सहायता कक्षमा २०९ जना प्रहरी कर्मचारी खटिएर यात्रुलाई आवश्यक सहयोग प्रदान गर्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण