एसियाली एक्वेटिक्स च्याम्पियनसिप : २३ सदस्यीय पौडी टोली भारत जाने
सारांश
- २३ सदस्यीय नेपाली पौडी टोली एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा भाग लिन भारतको अहमदाबाद जाने भएको छ।
- सेप्टेम्बर २८ देखि अक्टोबर ११ सम्म हुने प्रतियोगितामा नेपालबाट १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
- टोलीमा ११ पुरुष र ५ महिला खेलाडी रहेका छन्, र टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिवले बिदाइ गरे।
काठमाडौं। ११औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा भाग लिनका लागि २३ सदस्यीय नेपाली पौडी टोली शुक्रबार भारतको अहमदाबाद जाने भएको छ। सेप्टेम्बर २८ देखि अक्टोबर ११ सम्म आयोजना हुने यस प्रतियोगितामा नेपालका तर्फबाट १६ जना खेलाडीले सहभागिता जनाउनेछन्।
टोलीमा ११ पुरुष र ५ महिला खेलाडी रहेका छन्। पुरुष खेलाडीहरूमा अविर प्रधान, आरोन भण्डारी, असीम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन महर्जन, अभिभ प्रधान, रेवन्तबहादुर श्रेष्ठ, जाडेन श्रेष्ठ, निर्णय थापा, अथर्व सिंह र वसिष्ठराज शाही छन्। त्यस्तै, महिला खेलाडीहरूमा आर्या महर्जन, टिशा महर्जन, अदिप्शा वैद्य, श्रेणु महर्जन र भैनवी श्रेष्ठ रहेका छन्।
टोलीको प्रशिक्षकमा शङ्कर कार्की, अफिसियलमा दीपक सागर सिंह महर्जन, नवीना श्रेष्ठ, सुमन महर्जन र इन्द्रजित राजभण्डारी छन्। निर्णायकको भूमिकामा विष्णु खड्का क्षेत्री र अनीश महर्जन रहेका छन्।
बुधबार सातदोबाटोमा आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले टोलीलाई बिदाइ गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण