कराँतेका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
सारांश
- दक्षिणकाली नगरपालिकामा कराँते डोजोले विभिन्न प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ।
- विजयादशमीको अवसरमा आयोजित कार्यक्रममा एरिका गुरुङसहित खेलाडीहरूलाई सम्मान गरिएको हो।
- प्रशिक्षक र निर्णायकलाई पनि सम्मान गरिएको थियो, जसमा कुशल श्रेष्ठ र तारा गुरुङ लगायत छन्।
काठमाडौँ । दक्षिणकाली नगरपालिका-८ छैमलेस्थित भत्तेचौर सितोरियो कराँते डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीहरूलाई सम्मान गरेको छ। विजयादशमीको अवसरमा आयोजित एक कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुने खेलाडीहरूमा एरिका गुरुङ, सन्तोष श्रेष्ठ, सबिना श्रेष्ठ, वर्षा बुढा मगर, स्वनिम मानन्धर, सानुमाया थिङ, मनीष कार्की, सन्जु देशार, निरुपमा डोङ तामाङ, अन्जली महर्जन, एलोन श्रेष्ठ, मिनबहादुर तामाङ, मोहम्मद शेखु आलम, तेन्जिङ शेर्पा, प्रदीप बैजाली मगर, लिजन साउद र एलिशा रास्कोटी मगर रहेका छन्।
त्यसैगरी, सोही अवसरमा प्रशिक्षक कुशल श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ, अमिर राना र अन्तर्राष्ट्रिय निर्णायक तारा गुरुङलाई पनि सम्मान गरिएको थियो।
उनीहरूलाई डोजोका अध्यक्ष कृष्णकुमार पौडेल, संरक्षक सुदिप आचार्य र सल्लाहकार विष्णु बाँस्तोलालगायतले सम्मानपत्र प्रदान गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण