बाबुराम भट्टराईले गरे पद त्यागको घोषणा
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले पद त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्यागेको घोषणा गरेका हुन् ।
साथै मौजुदा केन्द्रीय समिति भङ्ग गरी उपाध्यक्ष दुर्गा साेवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने निर्णय भएको छ ।
महाधिवेशन कहिले गर्ने भन्ने विषयमा छलफल चलिरहेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।
‘अध्यक्ष भट्टराईले राजीनामा दिनुभएको होइन, पद त्याग गर्नुभएको हो । उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने भनिएको छ । महाधिवेशन कहिले गर्ने भन्ने बारेमा छलफल भइरहेको छ ।’ तत्कालीन नेसपा विभाजनपछि गत माघमा भएको महाधिवेशनबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका थिए ।
भदौ २३ र २४ गते जेनजीले विद्रोह गर्दा भट्टराई समेत निशानामा परेका थिए । प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरी ध्वस्त बनाएको थियो । तर भट्टराईले जेनजीले उठाएको मागलाई समर्थन गर्दै आएका छन् ।
जेनजीको विद्रोहले राजनीतिक दलहरूको नेतृत्वमाथि पद छोड्न पार्टीभित्र दबाब बढ्दै आएको बेला उनले नैतिकताका आधारमा पद त्याग गरेका हुन् । भट्टराईले नयाँ वैकल्पिक शक्ति निर्माणमा पाँच ‘स’ स्वाधीनता, समावेशी लोकतन्त्र, सुशासन, समृद्धि र समुन्नत समाजवादको राजनीतिक कार्यदिशालाई अवलम्बन गर्ने प्रतिबद्धता बमोजिम २०७३ साल जेठ ३० राजधानीको दशरथ रङ्गशालामा नयाँ शक्ति नेपाल गठन गरेका थिए ।
त्यतिबेला उनले अगाडि सारेको भिजन २०७४ सालको निर्वाचनबाट अस्वीकृत भयो । निर्वाचनमा पार्टीले नमिठो हार बेहोरेपछि उनले नयाँ शक्तिलाई उपेन्द्र यादव र अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीसँग विलय गराए ।
त्यसपछि जसपा हुँदै २०७९ सालमा नेपाल समाजवादी पार्टी (नेसपा) पुनर्गठन गरे । माओवादी केन्द्रसँग एकता गर्ने विषयमा पार्टीभित्र तत्कालीन अध्यक्ष महिन्द्र राय यादवसँग मतभेद हुँदा २०८० चैतमा पार्टी विभाजन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण