मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलन प्रभावित उद्योगलाई सरकारको राहत प्याकेज : नाडाद्वारा स्वागत

बुधबार, ०८ असोज २०८२, १८ : ३५
बुधबार, ०८ असोज २०८२

काठमाडौँ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले हालै जेनजी आन्दोलनका कारण सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूका लागि सरकारले घोषणा गरेको राहत प्याकेजलाई स्वागत गरेको छ ।

के छ सरकारले गरेको घोषणा ?

सरकारले घोषणा गरेका प्रमुख प्रावधानहरूमा बीमा सर्भेयरको प्रारम्भिक प्रतिवेदनका आधारमा भवन, सवारी साधन, मालसामान, यन्त्र–उपकरण आदिमा भएको क्षतिको ५० प्रतिशत रकम अग्रिम भुक्तानी दिने व्यवस्था रहेको छ ।

यस्तै पुनर्बीमा प्रक्रियामा ढिलाइ भएमा बीमा कम्पनीहरूले ५० प्रतिशतसम्म अग्रिम भुक्तानी, आन्दोलनमा क्षति भएका व्यावसायिक सवारी साधन नयाँ खरिद गर्दा बैंक कर्जाको ऋण मूल्य अनुपात न्यूनतम ८० प्रतिशत हुने व्यवस्था रहेको छ । 

यस्तै आगजनी वा तोडफोडबाट क्षति भएका मालसामान पुनः स्थापनाका लागि आयात गर्दा भन्सार महसुल र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिनेलगायतका योजनाहरू सामेल छन् ।

नाडाले यस प्याकेजले तत्कालका कठिनाइहरू पार गर्न ठुलो योगदान पुर्‍याउने अपेक्षा गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप