शेखरले भेटे उपसभापति खड्का र महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन कुमार थापासँग भेटघाट गरेका छन्। नेता कोइरालाले दुई पदाधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।
उपसभापति खड्का नेता कोइरालालाई भेट्न उनकै सम्पर्क कार्यालयमा आएका थिए । महामन्त्री थापासँग भने बाहिर भेट भएको कोइराला निकट स्रोतले जानकारी दियो ।
भेटमा वर्तमान परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल भएको थियो। कांग्रेसमा महामन्त्री थापा सहितका केही नेताहरूले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने माग गरिरहेका छन् तर पार्टीको संस्थापन पक्ष र नेता कोइराला नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।
उपसभापति खड्का संस्थापन पक्ष नेता हुन् । डा. कोइराला इतर समूहका नेता भएपनि नियमित महाधिवेशन गरेर मात्रै वर्तमान समस्याको समाधान खोज्न सकिने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण