यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुँदैछ : बालेन
सारांश
- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार पार्न लागेको बताए।
- सुरुमा बजेट छुट्टिए पनि जग्गा अभावका कारण पार्क निर्माणमा समस्या आएको थियो।
- अहिले काठमाडौँ-५ मा १३ रोपनी जग्गामा पार्क निर्माणको काम भइरहेको छ, जसको आधा काम पूरा भइसकेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ३ वर्षको सङ्घर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्– 'मेयर बनेको सुरुदेखि नै हाम्रो पहिलो लक्ष्य काठमाडौँलाई सबैको लागि सहर बनाउनु थियो। सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहना अनुसारको सहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ।'
उनले थप भनेका छन्– 'सुरुमै बजेट छुट्टाइएको थियो काठमाडौँ महानगर वार्ड १६ मा बन्ने कुरा लगभग तय भैसकेको थियो तर तत्कालीन वडा अध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधनपछि त्यो ठाउँमा बनाउन जग्गा प्राप्त गर्न सकेनौ ,त्यस पछि अर्को २ वडामा कोसिस गर्यौ । नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीन पटकसम्म प्रयास गर्दा पनि बनाउन सकिएन। तर काठमाडौँ–५ का वडा अध्यक्षज्यू वीरेन्द्र प्रजापति र स्थानीय साथीहरूको अथक प्रयासमा १३ रोपनी सरकारी जग्गा संरक्षण गर्नु भएको रहेछ सोही जग्गामा उहाँहरुको अग्रसरतामा सोही अन्ततः २०८१-२-२९ गते देखि काम अघि बढ्न थाल्यो। अहिले यो पार्कको निर्माण फेजमा छ, करिब आधा काम पूरा भइसकेको छ।'
यो पार्क केवल खेल्ने ठाउँ मात्र होइन, युवाहरूको संस्कृतिलाई अभिव्यक्ति दिने, कला–सङ्गीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा निर्माण भइरहेको शाहको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण