पूर्णरुपमा अवरुद्ध छन् यी ५ सडकखण्ड
सारांश
- अविरल वर्षाका कारण देशका विभिन्न सडकखण्डहरू अवरुद्ध भएका छन्।
- सङ्खुवासभा, रसुवा, चितवन र रुकुम पूर्वका सडकखण्ड पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
- यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिन र वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह छ।
काठमाडौँ । नेपाल प्रहरीले देशका विभिन्न पाँच सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जानकारी दिएको छ ।
सङ्खुवासभामा अविरल वर्षाका कारण भाटखोला गाउँपालिका–४ वरुण र मकालु गाउँपालिका–३ एकुवामा पहिरो गएको कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
यता रसुवामा आएको बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीन नाका जोड्ने पुल भत्किँदा गल्छीदेखि मैलुङ रसुवा जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध छ।
इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा गएको पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्डमा पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
रुकुम पूर्वीमा पहिरोका कारण भूमे गाउँपालिका–४ काँडाबगर स्थित मध्य पहाडी लोक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।
कालिगण्डकी करिडोर, नवलपरासी स्थित पूर्व–पश्चिम राजमार्ग भने एकतर्फी सञ्चालनमा रहेका छन् । यात्रा गर्नु पूर्व सडकको अवस्थाबारे जानकारी लिन र सम्भव भएसम्म वैकल्पिक सडकको प्रयोग गर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण