मेस्सीको दुई गोलमा मियामीको जित
बिहीबार, ०९ असोज २०८२, ०९ : २८
सारांश
- लियोनल मेस्सीको दुई गोल र एक असिस्टको मद्दतले इन्टर मियामी एमएलएस प्लेअफमा छनोट भयो।
- मियामीले न्यूयोर्क सिटी एफसीलाई ४-० ले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गर्यो।
- बाल्टासार रोर्डिगेज र लुइस स्वारेजले पनि मियामीको जितमा एक-एक गोल गरे।
काठमाडौँ । लिओनल मेसीले दुई गोल र एक असिस्टको सहयोगमा इन्टर मियामीले एमएलएस प्लेअफमा स्थान पक्का गरेको छ । बिहीबार राति न्यूयोर्क सिटी एफसीलाई ४–० ले हराउँदै मियामी प्लेअफमा पुग्न सफल भएको हो ।
न्यूयोर्क सिटीको घरेलु मैदानमा मियामीलाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गर्दा बाल्टासार रोर्डिगेज र लुइस स्वारेजले एक–एक गोल गरे ।
खेलको ४३औँ मिनेटमा रोर्डिगेजले गोल गर्दै मियामीलाई अग्रता दिलाए । खेलको ७४औँ मिनेटमा मेसीले गोल गर्दै मिटको अग्रता दोब्बर पारे । खेलको ८३औँ मिनेटमा स्वरेले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता ३–० मा ल्याए ।
त्यसपछि खेलको ८३औँ मिनेटमा स्वारेजले गोल गर्दै मियामीलाई ४–० गोलको जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण