सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

पुटिनलाई नरोके युद्ध अझ फराकिलो बन्ने जेलेन्स्कीको चेतावनी

बिहीबार, ०९ असोज २०८२, १० : १९
बिहीबार, ०९ असोज २०८२

सारांश

  • युक्रेनका राष्ट्रपति जेलिन्स्कीले पुटिनलाई युद्ध फराकिलो बनाउन सक्ने चेतावनी दिए।
  • उनले एआई प्रविधिबाट हुने खतरा र विश्वव्यापी नियमको आवश्यकता औंल्याए।
  • ट्रम्प र जेलिन्स्कीबीचको भेटवार्ता र रुस-अमेरिकाबीचको उच्चस्तरीय वार्ताको चर्चा गरिएको छ।

न्युयोर्क । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीले भ्लादिमिर पुटिनलाई रोकिएन भने उनले युद्धलाई अझ फराकिलो र गहिरो बनाउँदै लैजाने चेतावनी दिएका छन् । न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभामा उनले सहयोगी मुलुकहरू एकताबद्ध भएर समर्थन बढाउन नसके अरू धेरै मुलुक पनि रुसी आक्रमणको निसाना बन्ने बताएका हुन्।

जेलिन्स्कीले विश्व नै नयाँ हतियार प्रतिस्पर्धाबाट प्रभावित भएको र सैन्य प्रविधि तीव्र गतिमा अगाडि बढिरहेको उल्लेख गर्दै ‘हतियारले नै को बाँच्ने भन्ने निर्धारण गर्ने’ जिकिर गरे। उनले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी विश्वव्यापी नियम आवश्यक रहेको पनि जोड दिए।

उनका यी टिप्पणीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक युक्रेनले आफ्नो सबै भूभाग फिर्ता लिन सक्ने बताएका बेला आएका हुन्। जेलिन्स्कीले एआई आधारित ड्रोन र मानवरहित विमान परम्परागत युद्धभन्दा निकै खतरनाक भएको बताए। 

उनले युरोपले मोल्दोभा गुमाउने स्थिति आउन नदिन चेतावनी पनि दिए। उनका अनुसार पश्चिमले जर्जिया र बेलारुसलाई बचाउने अवसर गुमाएको थियो।मोल्दोभाकी राष्ट्रपति माया सान्डुले क्रेमलिनले हिंसा र डर फैलाउन ‘सयौँ मिलियन युरो खन्याएको’ आरोप लगाएकी छन्। 

गत हप्तामात्रै इस्टोनिया र पोल्यान्डले रुसी वायुसीमामा घुसपैठ भएपछि नाटो सल्लाह–परामर्श मागेका थिए। रोमानियाले पनि रुसी ड्रोन आफ्नो आकाशमा प्रवेश गरेको जनाएको छ।

जेलिन्स्कीले ट्रम्पसँगको भेटलाई ‘राम्रो बैठक’ भनेका छन्। उनले युद्ध सकिएपछि अमेरिका सुरक्षा ग्यारेन्टी दिन इच्छुक रहेको बुझिएको तर विवरण अझै स्पष्ट नभएको बताए।

ट्रम्पले हालै युक्रेनलाई युरोपेली संघ र नाटोको समर्थन भएमा विजय सम्भव हुने बताए, जुन अघिल्लो ‘भूमि साटासाट’को प्रस्तावसँग ठ्याक्कै विपरीत थियो। उनले रूसलाई ‘काजगी बाघ’ भनेका थिए। तर क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘रुस कुनै कागको बाघ होइन, भालुसँग तुलना हुन्छ, र कागजको भालु भन्ने कुरा हुँदैन ।’

यसबिच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गरेका छन्, जुन ट्रम्पले पुटिनलाई अलास्का निम्त्याएपछि भएको सबैभन्दा उच्चस्तरीय अमेरिकी–रुसी वार्ता हो। अमेरिकी पक्षका अनुसार रुबियोले युद्ध रोक्न र दिगो समाधानतर्फ रुसी कदम चाँडै चाल्न आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप