लक्ष्मी सन्राइज बैंकको अगुवाइमा ७० मेगावाटको दुधकोशी–२ जलविद्युत आयोजनामा लगानी सम्झौता
काठमाडौं लक्ष्मी सन्राइज बैंक लिमिटेडको अगुवाइमा बैंक तथा वित्तीय संस्थाहरू र दुधकोशी हाइड्रोपावर नेपाल प्रा.लि.बीच ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ।
सोलुखुम्बु जिल्लामा दुधकोशी नदीमा निर्माण हुने उक्त अर्धजलासय जलविद्युत आयोजनाको अनुमानित लागत रु. १५ अर्ब रहेको छ। सहवित्तीयकरण अन्तर्गत परियोजनामा कुल लागतको ७० प्रतिशत अर्थात् करिब रु. १० अर्ब ५० करोड बैंक तथा वित्तीय संस्थाबाट जुटाइनेछ भने बाँकी ३० प्रतिशत रकम कम्पनीका प्रवद्र्धकहरूले लगानी गर्नेछन्।
सहवित्तीयकरणमा लक्ष्मी सन्राइज बैंक अगुवा, एभरेष्ट बैंक सह–अगुवा र सानिमा बैंक सदस्य बैंकका रूपमा रहेका छन्।
दुधकोशी–२ आयोजना असोज ७, २०७७ मा विद्युत विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरिसकेको र मंसिर ६, २०७८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ। आयु मलुन हाइड्रोपावर लि., कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल यसका प्रमुख प्रवद्र्धक हुन्।
आयोजना सन् २०२९ जुलाईसम्म सम्पन्न भई उत्पादनमा आउने लक्ष्य राखिएको छ। उत्पादन सुरु भएपछि वार्षिक करिब ४१७ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। यससँगै दुधकोशी–२ आयोजना देशकै ठूला स्वतन्त्र उर्जा उत्पादक मध्ये एकको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण